६ बैशाख २०८३, आइतबार । April 20, 2026

विराटनगरमा एक जना स्टाफ नर्सको बीभत्स हत्या


२ चैत्र २०८०, शुक्रबार  

9
Shares

विराटनगर । विराटनगरमा एक जना स्टाफ नर्सको शव शौचालयमा भेटिएको छ ।

विराटनगर महानगरपालिका–४ स्थित एउटा घरमा २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव बीभत्स अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स समेत रहेकी उनी डेरा बसेको घरको कोठामा हत्या गरेर शौचालयमा शव फालिएको अवस्थामा शव भेटिएको थियो ।

सिराहाको फुल्काहकट्टी घर भएकी दास अस्पतालनजिक विराटनगर– ४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा बस्दै आएकी थिइन् । उनी डेरा बस्न थालेको ३–४ महिना मात्रै भएको थियो । डेरा बसेको घरको कोठाभित्रको शौचालयमा शुक्रबार दिउँसो शव फेला परेको हो । दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट छ ।

उनीमाथि धारिलो हतियार प्रहार भएको र हत्याराको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २ चैत्र २०८०, शुक्रबार  ४ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

डिजी स्कुल ग्लोबलद्वारा उत्कृष्ट विद्यार्थी सम्मानित

काठमाडौं । डिजी स्कुल ग्लोबलले शैक्षिक सत्र २०८२ मा आईटी

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित