१३ पुस २०८२, आइतबार । December 28, 2025

टिकटक नियन्त्रण रोक्न चीनद्वारा अमेरिकालाई आग्रह



एजेन्सी । टिकटकलाई लक्ष्यित गर्दै अमेरिकाले बुधबार विधेयक अगाडि बढाएपछि चीनले बिहीबार अमेरिकालाई अन्य देशका कम्पनीहरूको अनुचित दमन रोक्न आह्वान गरेको छ।

अमेरिकाले बजार अर्थतन्त्र र निष्पक्ष प्रतिस्पर्धाको सिद्धान्तलाई इमान्दारीपूर्वक सम्मान गर्नुपर्ने र सबै देशका उद्यमहरूलाई खुला, निष्पक्ष, न्यायपूर्ण र भेदभावरहित तरिकाले विकसित हुने वातावरण उपलब्ध गराउनुपर्ने वाणिज्य मन्त्रालयका प्रवक्ता हे यादोङले बताए ।

सम्बन्धित पक्षहरूले चिनियाँ कानून र नियमहरूको कडाइका साथ पालना गर्नुपर्ने र साथै चीनले आफ्नो वैध अधिकार र हितको दृढतापूर्वक रक्षा गर्न आवश्यक सबै उपायहरू अवलम्बन गर्ने, उनले पत्रकार सम्मेलनमा उल्लेख गरेका छन् ।

यसै हप्ता युएस हाउस अफ रिप्रिजेन्टेटिभ्सले टिकटक सम्बन्धी बिललाई अनुमोदन गरेको छ जसमा टिकटकलाई या त यसले मूल कम्पनी, चिनियाँ टेक विशाल बाइटडान्सबाट अलग हुनुपर्ने या राष्ट्रव्यापी प्रतिबन्धको सामना गर्नुपर्ने बताएको थियो ।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहिबार  १० : १६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं–२ मा माधवकुमार नेपाल कि देव चौलागाईं ? नेकपाको सिफारिसले मच्चियो राजनीतिक चर्चा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई