२१ मंसिर २०८२, शनिबार । December 6, 2025

नेपालद्वारा क्यानडाविरुद्धको शृङ्खला ‘क्लिनस्विप’



काठमाडौं । नेपालले क्यानडाविरुद्धको एकदिवसीय शृङ्खला ‘क्लिनस्विप’ गरेको छ ।

तीन खेलको एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालले आज क्यानडालाई नौ विकेटले पराजित गरेसँगै शृङ्खला ३–० ले जितेको हो । अनिलकुमार साह र भीम सार्कीले शतक प्रहार गरेपछि नेपालले क्यानडामाथि सहज जित निकालेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय ३२ रनको योगफल बनाएको थियो ।

नेपालले दुई सय ३३ रनको विजयी लक्ष्य एक विकेटको क्षतिमा ४५ औँ ओभरमा एक विकेट गुमाउँदै पूरा गर्यो । नेपालले यसअघि पहिलो खेलमा क्यानडालाई सात रन तथा दोस्रो खेलमा चार विकेटले पराजित गरेको थियो । नेपालले पहिलो पटक घरेलु मैदानमा आयोजना भएको क्रिकेट शृङ्खला क्लिनस्विप गरेको हो ।

यसअघि नेपालले ओमानमा पपुवा न्यूगिनविरुद्ध दुई खेलको शृङ्खला २–० ले जितेको थियो । आजको खेलमा क्यानडाले प्रस्तुत गरेको दुई सय ३३ रनको लक्ष्य पच्छाउने क्रममा नेपालका लागि अनिल र भीमले एक सय ८९ रनको उत्कृष्ट साझेदारी गरे । अनिलले सर्वाधिक एक सय १२ रनको योगदान दिए ।

उनले एक सय २४ बलमा १२ चौका र दुई छक्का प्रहार गरे । त्यस्तै भीमले एक सय एक रन बनाए । उनले एक सय २९ बलमा ११ चौका र एक छक्का प्रहार गरे । यस्तै कुशल भुर्तेलले १३ रन जोडे । बलिङतर्फ क्यानडाका शाहिद अहमदजैले एक विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गर्ने क्रममा क्यानडाका लागि नवनीत धलिवालले अर्धशतकीय पारी खेले ।

उनले ८२ बल खेल्दै पाँच चौकाको मद्धतमा ५० रन बनाए । यस्तै निखिल दत्तले ४५, कप्तान साद बीन जाफरले ३१, हर्ष थेकरले २९, श्रेयस मोब्बाले २५ तथा श्रीमान्थ विजेरत्नले २२ रन बनाए ।

बलिङतर्फ नेपालका लागि आजको खेलमा डेब्यू गरेका हेमन्त धामीले तीन, कुशल मल्लले दुई तथा ललितनारायण राजवंशी र अकाश चन्दले एक एक विकेट लिए ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ९ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको