२१ मंसिर २०८२, शनिबार । December 6, 2025

ओडीआई सिरिजः नेपालले आज क्यानडासँग पहिलो खेल खेल्दै



काठमाडौं । क्यानडासँगको तीन ओडीआई सिििरजअन्तर्गन नेपालले आज पहिलो खेल खेल्दैछ ।

त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजेर १५ मिनेटबाट खेल सुरु हुनेछ । रोहित पौडेलको कप्तानीमा रहेको नेपालको टीमले घरेलु मैदानको फाइदा उठाउँदै जित हात पार्ने लक्ष्य लिएको छ । यसै खेलबाट नेपालले २०२४ को क्रिकेट सिजन पनि सुरुवात गर्नेछ । नेपालले क्यानडा सिरिजमा युवा खेलाडीलाई मौका दिएको छ ।

करण केसी र गुलशन झा यस सिरिजमा छैनन् । आकाश चन्द, हेमन्त धामी र रिजन ढकाल पहिलो पटक नेपालको टोलीमा परेका हुन् । नेपालको टोलीमा कप्तान रोहित पौडेल, आसिफ शेख, कुशल भुर्तेल, देव खनाल, कुशल मल्ल, भीम सार्की, आरिफ शेख, पवन सर्राफ, सोमपाल कामी, हेमन्त धामी, रजिन ढकाल, सूर्य तामाङ, ललित राजवंशी, आकाश चन्द, अनिल कुमार शाह रहेका छन् ।

यस्तै क्यानडाको टोलीमा कप्तान साद बिन जाफर, आरोन जोनसन, डिलोन हेलिगर, दिलप्रीत बाजवा, हर्ष ठकेर, कलिम साना, नभनीत धलिवाल, निकोलस किर्टोन, निखिल दत्त, परगत सिंह, शाहिद अहमड्जाई, श्रेयस मोभा, श्रीमन्था विजयरत्ने, ईश्वरजोत सोही र उदय भगवान रहेका छन् ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ७ : २४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको