२३ माघ २०८२, बिहिबार । February 5, 2026

आईसीसी यू–१९ विश्वकप क्रिकेटः सुपर सिक्समा पुग्न नेपाललाई कति सहज ?



काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाल लगातार दुई खेलमा पराजित भएको छ ।

बुधवार राति सकिएको आफ्नो दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भएको हो । जनवरी २२ मा भएको पहिलो खेलमा भने नेपाल न्यूजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । समूह डी मा रहेको न्यूजिल्यान्ड २ खेलमा जित निकाल्दै यस अघिनै सुपर सिक्समा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो ।

बुधबार भएको आफ्नो दोस्रो खेलमा नेपाललाई हराएसँगै पाकिस्तान पनि सुपर सिक्समा पुगेको छ । नेपालले दिएको १ सय ९८ रनको लक्ष्य पाकिस्तानले ४७ दशमलव ४ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो । समुह डी मा रहेका नेपाल र अफगानिस्तानले भने न्यूजिल्यान्ड र पकिस्तान दुवैसँग पराजय व्याहोरी सकेका छन् ।

समुह चरणको अन्तिम खेलमा नेपाल र अफगानिस्तान भिड्दैछन् । शुक्रबार दिउँसो हुने खेलमा दुवै टोली आफ्नो सुपर सिक्सको यात्रा तय गर्न प्रतिष्पर्धा गर्नेछन् । हरेक समुहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई हराउन सफल भए नेपालले सुपर सिक्सको यात्रा तय गर्न सक्नेछ ।

त्यसका लागि नेपालले शुक्रबारको खेल जित्नै पर्ने हुन्छ । अफगानिस्तानलाई हराएको खण्डमा नेपाल सुपर सिक्समा पुग्नेछ अन्यथा नेपाल विश्वकपबाट बाहिरिने छ । यस्तोम अझै पनि सुपर सिक्समा पुग्ने नेपालको सम्भावना कायमै छ । अर्कोतिर न्यूजिल्यान्ड र पाकिस्तान भने अब समुह विजेता बन्नलाई प्रतिष्पर्धा गर्नेछन् ।

सो खेल शनिबार दिउँसो हुनेछ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ८ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल