१३ पुस २०८२, आइतबार । December 28, 2025

आईसीसी यू–१९ विश्वकप क्रिकेटः सुपर सिक्समा पुग्न नेपाललाई कति सहज ?



काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाल लगातार दुई खेलमा पराजित भएको छ ।

बुधवार राति सकिएको आफ्नो दोस्रो खेलमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भएको हो । जनवरी २२ मा भएको पहिलो खेलमा भने नेपाल न्यूजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । समूह डी मा रहेको न्यूजिल्यान्ड २ खेलमा जित निकाल्दै यस अघिनै सुपर सिक्समा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो ।

बुधबार भएको आफ्नो दोस्रो खेलमा नेपाललाई हराएसँगै पाकिस्तान पनि सुपर सिक्समा पुगेको छ । नेपालले दिएको १ सय ९८ रनको लक्ष्य पाकिस्तानले ४७ दशमलव ४ ओभरमा ५ विकेट गुमाएर पुरा गरेको थियो । समुह डी मा रहेका नेपाल र अफगानिस्तानले भने न्यूजिल्यान्ड र पकिस्तान दुवैसँग पराजय व्याहोरी सकेका छन् ।

समुह चरणको अन्तिम खेलमा नेपाल र अफगानिस्तान भिड्दैछन् । शुक्रबार दिउँसो हुने खेलमा दुवै टोली आफ्नो सुपर सिक्सको यात्रा तय गर्न प्रतिष्पर्धा गर्नेछन् । हरेक समुहका शीर्ष तीन टोली सुपर सिक्समा पुग्नेछन् । आफ्नो अन्तिम खेलमा अफगानिस्तानलाई हराउन सफल भए नेपालले सुपर सिक्सको यात्रा तय गर्न सक्नेछ ।

त्यसका लागि नेपालले शुक्रबारको खेल जित्नै पर्ने हुन्छ । अफगानिस्तानलाई हराएको खण्डमा नेपाल सुपर सिक्समा पुग्नेछ अन्यथा नेपाल विश्वकपबाट बाहिरिने छ । यस्तोम अझै पनि सुपर सिक्समा पुग्ने नेपालको सम्भावना कायमै छ । अर्कोतिर न्यूजिल्यान्ड र पाकिस्तान भने अब समुह विजेता बन्नलाई प्रतिष्पर्धा गर्नेछन् ।

सो खेल शनिबार दिउँसो हुनेछ ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ८ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist