१३ पुस २०८२, आइतबार । December 28, 2025

मङ्गोलियामा ग्यास विस्फोट हुँदा छ जनाको मृत्यु, १४ घाइते



एजेन्सी । मङ्गोलियाको राजधानीमा बुधबार भएको ग्यास विस्फोटमा छ जनाको मृत्यु हुनाका साथै १४ जना घाइते भएको अधिकारीहरूले बताएका छन् ।

मङ्गोलियन राष्ट्रिय आपतकालीन व्यवस्थापन निकाय (नेमा) ले आफ्नो वेबसाइट मार्फत, ६० टन तरल प्राकृतिक ग्यास (एलएनजी) बोकेको ट्रक कारसँग ठोक्किदा विस्फोट भएको जनाएको छ । प्रारम्भिक विवरणअनुसार आगलागीमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ ।

नेमाले आफ्नो वेबसाइटमा तीन जना अग्नि नियन्त्रकको समेत मृत्यु भएको तथा १४ जनालाई उपचारका लागि पठाइएको जनाएको छ । आपतकालीन व्यवस्थापन निकायका अनुसार घाइतेमध्ये १० जनालाई जलेको अवस्थामा उपचारका लागि लगिएको थियो भने एक बालकलाई विषाक्तताको उपचारका लागि लगिएको हो ।

यसैगरी अन्य तीन शिशुको उपचार सहितको हेरचाह भइरहेको छ । घटना स्थलमा उद्धार टोली पठाई आगो निभाएको आपतकालीन व्यवस्थापन निकायले जनाएको छ । आपतकालीन सेवाद्वारा सार्वजनिक गरिएका तस्बिरहरूमाले आगलागी भएको स्थानमा दुईवटा गाडी जलेर सडकमा व्यापक क्षति भएको र नजिकैको स्कुलको झ्याल समेत फुटेको देखाइएको छ ।

नजिकैको अपार्टमेन्ट ब्लकका बासिन्दाहरूलाई अस्थायी रूपमा स्थानान्तरण गरिएको नेमाले जनाएको छ ।

प्रकाशित मिति : १० माघ २०८०, बुधबार  ६ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist