२२ माघ २०८२, बुधबार । February 5, 2026

यू–१९ विश्वकप क्रिकेट

न्यूजिल्यान्डसँग ६४ रनले पराजित भयो नेपाल



काठमाडौं । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा न्युजिल्यान्डले नेपाललाई ६४ रनले हराएको छ ।

टस जिती पहिले ब्याटिङको निर्णय लिएको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर तीन सय दुई रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय ३८ रनमात्र बनाउन सक्यो । नेपालका लागि ओपनर ब्याट्सम्यान अर्जुन कुमालले उत्कृष्ट अर्धशतकीय पाली खेल ।

उनले टोलीको खातामा ९० रन जोडे । तर, टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । उनले एक सय चार बलको सामना गरी १२ चौका प्रहार गरे । कप्तान देव खनालले पनि ३६ रन बनाए । सुवास भण्डारीले अविजित ३३ रन जोडे । त्यसअघि न्युजिल्यान्डका लागि स्नेहिथ रेड्डीले उत्कृष्ट शतकीय पाली खेलेका थिए ।

लामो समय क्रिजमा संघर्ष गरेका उनले टोलीका लागि अविजित एक सय ४७ रनको योगदान गरे । उनले एक सय २५ बलको सामना गरी ६ छक्का र ११ चौका पनि हिर्काएका थिए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका किविज ब्याट्सम्यान ओस्कर ज्याक्सनले पनि अर्धशतकीय पाली खेलेका थिए ।

टोलीको कप्तानसमेत रहेका ज्याक्सनले ७५ रन बनाए । उनले ८१ बलको सामना गरी पाँच छक्का र तीन चौका पनि हिर्काए ।

प्रकाशित मिति : ७ माघ २०८०, आइतबार  १० : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल