८ चैत्र २०८२, आइतबार । March 22, 2026

यू–१९ विश्वकप:नेपालले प्रतिष्पर्धा गर्ने टीम कुन कस्तो ?


६ माघ २०८०, शनिबार  

15
Shares


काठमाडौं । आइसीसी यू–१९ विश्वकप शुक्रबार बाट दक्षिण अफ्रिकामा सुरु भएको छ । जसमा नेपाल सहित १६ टोलिले प्रतिष्पर्धा गर्नेछन् । प्रतिष्पर्धामा नेपाल समूह–डी मा रहेको छ ।

नेपालले समूह चरणमा अफगानिस्तान, पाकिस्तान र न्यूजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले विश्वकपको पहिलो म्याच जनवरी २१ मा न्यूजिल्यान्ड, जनवरी २४ मा पाकिस्तान साँग दोस्रो र जनवरी २६ मा अफगानिस्तान सँग समुह चरणको अन्तिम खेल खेल्नेछ । सन् २००० को यू–१९ विश्वकपमा डेब्यू गरेको नेपालले आठौँ पटक विश्वकप खेल्दैछ ।

नेपालले २००२ मा पाकिस्तान, २००४ र २००६ मा दक्षिण अफ्रिका, २००६ र २०१६ मा न्यूजिल्यान्ड जस्ता टेष्ट राष्ट्रलाई हराएको थियो । सन् २०१६ मा बंगलादेशमा भएको विश्वकपमा नेपालले आठौँ स्थान हात पारेको थियो । गत महिना मात्रै यूएई मा भएको यू–१९ एसिया कप खेलेपछि विश्वकप खेल्न दक्षिण अफ्रिका पुगेको नेपालले यसपटक उत्कृष्ट प्रर्दशन गर्ने अपेक्षा गरिएको छ । विश्वकप सुरु हुनु अघि भएको अभ्यास खेलमा पनि नेपाल अपराजित रहेको थियो ।


को–को छन् त नेपालको टीममा ?
कप्तान देव खनाल, अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सन झा, दिपेशप्रसाद कँडेल, विशालविक्रम केसी, सुवास भण्डारी, दिपक बोहरा, उत्तम रंगु थापा मगर, विपिन रावल, तिलकराज भण्डारी, आकाश चन्द, नेपाली टोलीमा रहेका छन् ।

नेपालले प्रतिष्पर्धा गर्ने टीम, कुन टीम कस्तो छ ?

अफगानिस्तान
दुईपटक सेमिफाइनलमा पुगेको अफगानिस्तान विश्वकपको उपाधि दावेदार राष्ट्र हो । सन् २०१० मा पहिलोपटक विश्वकप खेलेदेखि नै अफगानिस्तानले राम्रो पर्दशन गर्दै आएको छ । सन् २०१८ मा पाकिस्तान र आयोजक राष्ट्र न्यूजिल्यान्डलाई हराउँदै अफगानिस्तान अन्तिम चरणमा पुगेको थियो । सन् २०२२ मा पनि अन्तिम चारणमा पुगेको अफगानिस्तानले श्रीलंकामाथि रोमाञ्चक जित निकालेको थियो । यद्यपी सेमिफाइनलमा इंग्ल्यान्डसँग पराजित हुन पुग्यो । २०२३ मा बंगलादेश र श्रीलंकासँग त्रिकोणत्मक सिरिज खेलेको अफगानिस्तानले हालै यूएई मा सम्पन्न एसिया कपमा पनि राम्रो पर्दशन गरेको थियो ।

अफगानिस्तानको टीम
कप्तान नसीर खान, नुमान शाह, हसन इसाखिल, वाफिउल्लाह तरखिल, खालिद तानिवाल, अली अहमद नसर, जमशीद जद्रान, सोहेल खान जुर्मती, रहिमुल्लाह जुर्मती, अल्लाह मोहम्मद, अरब गुल मोमान्द, फरिदुन दाउदजाई, बशीर अहमद, खलील अहमद, जाहिद अफगान जस्ता प्रभावशाली खेलाडी अफगानिस्तानको टीममा समेटिएका छन् ।

पाकिस्तान
यू–१९ विश्वकपमा पाकिस्तान एक दाबेदार राष्ट्र हो । पाकिस्तानले सन् २००४ र २००६ मा लगातार विश्वकपको उपाधि उचालेको थियो । सन् २०१४ यताका विश्वकपमा भने पाकिस्तान सेमिफाइनल सम्म पनि पुग्न सकेको छैन । हालै सम्पन्न एसिया कपमा अफगानिस्तान, भारत र नेपाललाई हराउँदै सेमिफाइनल पुगेको पाकिस्तान सेमिफाइनलमा भने यूएईसँग पराजित भएको थियो ।
पाकिस्तानको टीम
कप्तान साद बेग, अली असफन्द, अली रजा, अहमद हसन, अमिर हसन, अरफत मिन्हास, अजान अवेस, हारून अरशद, खुबैब खलील, मोहम्मद जीशान, नाभिद अहमद खान, शाहजैब खान, शमिल हुसेन, मुहम्मद रियाजुल्लाह, उबेद शाह जस्ता प्रभावशाली खेलाडीहरु पाकिस्तानको टोलीमा रहेका छन् ।

न्यूजिल्यान्ड
न्यूजिल्यान्डले यू–१९ विश्वकपको उपाधि आजसम्म पनि चुम्न सकेको छैन् । सन् १९९८ को विश्वकपमा फाइनलमा पुगेको न्यूजिल्यान्ड २०२० को विश्वकपमा सेमिफाइनल सम्म पुग्न सफल भएको थियो । यसपटक भने न्यूजिल्यान्डले विश्वकपको उपाधि उचाल्ने गरि आफ्नो तयारी गरेको छ । अघिल्लो विश्वकपमा भने कोभिड–१९ का कारण न्यूजिल्यान्डले विश्वकपबाट नाम फिर्ता लिएको थियो । यसपटक भने उसले एशिया प्यासिफिक क्वालिफायर मार्फत विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको हो । छनोट चरणमा न्यूजिल्यान्डले ६ वटै खेलमा सहजै जित हात पारेको थियो ।

न्यूजिल्यान्डको टीम
कप्तान ओस्कर ज्याक्सन, मासन क्लार्क, साम क्लोड, ज्याक कमिङ, रहमान हेक्मत, टम जोन्स, जेम्स नेल्सन, स्नेहिथ रेड्डी, म्याट रो, इवाल्ड श्रुडर, लाचलान स्ट्याकपोल, ओलिभर टेवाटिया, एलेक्स थम्पसन, रायन सोर्गास, ल्यूक वाटसन जस्ता प्रभावशाली खेलाडीहरु न्यूजिल्यान्डको टीममा समेटिएका छन् ।


८ बर्षपछि यू–१९ विश्वकपमा फर्किएको नेपाल यसपटक भने उपाधि निकाल्ने तयारीका साथ अघि बढेको छ । देव खनाल र गुल्सन झा जस्ता सिनियर टिमबाट खेलको अनुभव बटुलेका खेलाडी हुनु नेपालका लागि बलियो पक्ष मानिएको छ । गुल्सनले नेपालको सिनियर टिमको लागि २४ एकदिवसीय र १४ टी–२० खेल खेलिसकेका छन् । पछिल्ला अन्तर्राष्ट्रिय खेलहरुमा नेपालको प्रर्दशन र आत्माविश्वासलाई हेर्दा नेपालले यसपटकको विश्वकपको उपाधी चुम्न सक्ने सम्भावना बलियो देखिन्छ । ००००

प्रकाशित मिति : ६ माघ २०८०, शनिबार  ८ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो