६ असार २०८३, शनिबार । June 21, 2026

माघे सङ्क्रान्ती: परम्पराको पुस्तान्तरण, पुषको पाक्य माघको खाक्य



के तपाइँलाई मौसमले च्यालेन्ज गरिरहेको छ ? यदि त्यसो हो भने विधिवत रुपले माघी अर्थात् माघे सङ्क्रान्ति मनाउनुस् चिसोबाट मुक्ती मिल्छ ।

“पुषको पाक्य माघको खाक्य” भन्ने प्रचलित उक्तिअनुसार पुष मसान्तमा पकाएर माघको सङ्क्रान्तिमा खाएर मनाइने हिन्दु समुदायमा परिचित एउटा पर्व हो माघे सङ्क्रान्ती । सौर्यमास अन्तर्गत माघको पहिलो दिन अर्थात एक गते मनाइने यस पर्वका आफ्नै कथन, पृष्ठभुमि र रौनकसँगै विभिन्न परम्परागत विशेषताहरु समेत रहेको पाइन्छ ।

सुर्य राशिचक्रमा दसौं स्थानमा मकर राशिमा प्रवेश गर्दाको समयमा मकर सङ्क्रान्ती अथवा माघे सङ्क्रान्ती पर्न जान्छ । सुर्य दक्षिणायन भएर टाढा भएका कारण चिसो बढिरहेको अवस्थामा फेरि उत्तरायण भइ सुर्य नजिकिदै गर्दा चिसो घट्दै जाने समय सुरु भएको खुसीयालिमा नजिकको नदिमा गइ चिसो पानीले स्नान गरि सुर्यभगवान प्रती आभार प्रकट गर्ने र भगवानको दर्शन गर्ने पर्वको रुपमा पनि माघे सङ्क्रान्तिलाई चिनिन्छ ।

यसलाई अझ सरल तरिकाले भन्नुपर्दा साउने सङ्क्रान्ती देखि सुर्य दक्षिणायन हुँदा अर्थात दक्षिणी दिशामा ढल्किँदै जाँदा दिनहरु बिस्तारै छोटा हुँदै जान्छन् र चिसो पनि बढ्दै जान थाल्छ । त्यसपछी माघे सङ्क्रान्तिमा आएर सुर्य फेरि उत्तरायण हुने अर्थात उत्तरपट्टी ढल्किने क्रम सुरु हुन्छ ।

त्यसपछि दिनहरु लामा हुने र चिसो कम भइ गर्मीको समय सुरु हुन्छ । यसरी मौसम परिवर्तनको प्रक्रिया सम्बन्धी कथन बोकेको यस पर्व मनाउने तरिका पनि बेग्लै छ । माघे सङ्क्रान्ती भन्ने वित्तिकै स्मरणमा आउने भनेको विभिन्न खानेकुरा, धार्मिक विशेषता बोकेका नदिहरुमा गएर स्नान गर्ने प्रचलन र विभिन्न स्थानमा लाग्ने मेलाहरु हुन् ।

माघे सङ्क्रान्तिमा खाइने खानेकुराहरु मध्ये खिचडी अत्यन्तै प्रचलित खानेकुरा हो जसमा थरीथरीका दालहरु, चामल, अदुवा, हलेदो (काँचो बेसार ) घिउ, नुन लगाएतका सामाग्रीको मिश्रण गरि पकाउने गरिन्छ । त्यससँगै तरुल, सखरखन्ड, चाकु, तिलको लड्डु, गुडमा भुजा मिसाएर बनाइएको लड्डु लगायत पनि माघे सङ्क्रान्ती विशेष परिकारको रुपमा खाने गरिन्छ ।

यी सबै परिकारहरुको सेवनले जाडो यामको शरिरको चिसो भगाउन पनि काम गर्ने विश्वास रहेको छ अर्थात स्वास्थ्यका दृष्टिकोणले पनि माघे सङ्क्रान्ती पर्वलाई अर्थपूर्ण मान्न सकिन्छ । यसदिन नेपाल र भारतका विभिन्न नदिकिनारहरुमा हिन्दु धर्मावलम्बीहरुले स्नान गर्ने र भगवानको दर्शन गर्ने प्रचलन छ ।

खासगरी नेपालका नदिहरु रिडि, त्रिवेणि, देवघाट, लगायतका धेरै नदि किनारमा मेला लाग्ने गर्छ । ती मेलाहरुमा खासगरी स्नान गर्ने, भगवानको दर्शन गर्ने, भजन किर्तन गर्ने, रामायण पाठ गर्ने र स्थानीय संस्कृति झल्काउने नाचगान प्रस्तुत गर्ने प्रचलन समेत रहेको छ ।

साथै ती क्षेत्रहरूमा हाटबजार पनि लाग्ने भएकाले स्थानीयबासिन्दाहरुका लागि आय आर्जनको अवसर र तिर्थालुहरुका लागि किनमेलको अवसर पनि यसदिन सिर्जना हुने गर्दछ जसबाट स्थानीय अर्थतन्त्रको सुधारमा समेत सहयोग पुग्न जान्छ । उक्त दिन नुवाकोट जिल्लाको तारुका भन्ने स्थानमा गोरु जुधाउने प्रतिस्पर्धात्मक पर्व पनि मनाइन्छ ।

यस पर्वलाई विशेष तरिकाले मनाउने नेपालको विशेष समुदाय भनेको थारु समुदाय हो । थारू समुदायमा माघे सङ्क्रान्तीलाई माघी नामले चिन्ने गरिन्छ । यस दिन विशेष परिकारका रूपमा ढिक्री भन्ने परिकार खाने प्रचलन छ। यससँगै पुषको अन्तिम दिन काटेको बंगुरको मासुको परिकार, माछाको सुकुटी, आलु, सिन्कीको अचार, हरियो साग र जाँड पनि बनाउने गरिन्छ।

परिवारका सबै अग्रजबाट आशीर्वाद लिने र सानालाई आशीर्वाद दिइसकेपछि सबैजना सँगै बसेर रमाइलो गर्दै बनाएका परिकार खाने परम्परा रहेको छ । यसै दिन वर्षभरिको हिसाबकिताब मिलाउने, आगामी वर्षको नियम तथा योजना बनाउने, गाउँका मुख्य व्यक्ती छान्ने, गाउँको काम बाँडफाँड गर्ने लगायतका काम पनि थारु समुदायले माघिको अवसरमा गर्ने गर्छन् ।

समग्रमा पुष मसान्तमा पकाएका खानेकुरा माघको पहिलो दिन बासी बनाएर खाने प्रचलन बोकेको यस पर्व सौर्यमन्डलको आफ्नै प्रक्रियासँग पनि सम्बन्धित रहेको पाइन्छ । सँगसँगै नदिकिनारका तिर्थस्थलमा मेला लाग्ने, स्नान गर्ने, विभिन्न प्रतियोगिता गर्ने र समुदाय अनुसारको परम्परालाई निरन्तरता दिने पर्वको रुपमा समेत यस पर्वलाई चिन्न सकिन्छ ।

थारु समुदायको लागि यो पर्व नयाँ वर्ष पनि हो । चिसोयामले शरिरमा पारेको प्रभाव कम गर्न र परम्पराको पुस्तान्तरणका लागि पनि यो पर्व विधिवत रुपमा मनाउन आवश्यक देखिन्छ । यी र यस्ता साँस्कृतिक पर्वहरुको संरक्षण र संवर्द्धन गर्नु हामी सबैको दायित्व हुन जान्छ ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  १२ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा