३ आश्विन २०८३, शनिबार । September 19, 2026

आलमविरुद्धको मुद्दामा आज अन्तिम सुनुवाई


२९ पुस २०८०, आइतबार  

9
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमको मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

२०६४ साल चैतमा संविधानसभा चुनावका बेला मानिस जलाएको घटनाका आरोपित आलमको मुद्दामा जिल्ला अदालत रौतहट आज पेसी तोकेको हो । गत कात्तिक तेस्रो साता अदालतले मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो ।

सरकारी वकिल र आलमका वकिलबाट बहस नोट प्राप्त भइसकेकाले रौतहट जिल्ला अदालतले मुद्दामा अन्तिम सुनुवाइका लागि पेसी तोकेको हो । २०६४ सालको संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजापुरमा बम विस्फोट भएको र पोल खुल्ने डरले बम विस्फोटका घाइतेहरुलाई इँटा भट्टामा हालेर जलाएको आरोप उनिमाथि छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  १० : ४१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ