१२ पुस २०८२, शनिबार । December 28, 2025

कोलम्बियामा पहिरोमा परी १८ जनाको मृत्यु



एजेन्सी । कोलम्बियाको उत्तरपश्चिमी क्षेत्रमा गएको पहिरोमा परी कम्तीमा १८ जनाको मृत्यु हुनुका साथै ३० जना घाइते भएका स्थानीय अधिकारीहरूले बताएका छन् ।

मेडेलिन र क्विब्दो शहरलाई जोड्ने सडकमा पहिरोले क्षति पु¥याएपछि यहाँको यातायात सेवा अवद्ध बनेको चोको क्षेत्रको स्थानीय प्रशासन कार्यालयका एक अधिकारीले एएफपीलाई बताए । “कार्मेन डे अट्राटो नगरपालिका नजिकै ‘एउटा घरमा आश्रय लिन’ धेरै मानिसहरू आफ्नो गाडीबाट झरेका समय दुर्भाग्यवश पहिरो आएर उनीहरू पुरिएका छन्,” अधिकारीले भने ।

उपराष्ट्रपति फ्रान्सिया मार्केजले करिब ३० जना घाइते भएको बताएका छन् । कारमेन डे अट्राटोका मेयर जैमी हरेराले स्थानीय टिभी स्टेसन काराकोललाई बताएअनुसार पहिरोमा परी मानिसहरु गम्भीर घाइते भएका छन् भने अझै पनि अन्य केही पहिरोमा फसेका छन् ।

सामाजिक सञ्जाल र टेलिभिजन च्यानलमा सार्वजनिक भएका तस्बिरमा हिलो र पहिरोका कारण कारहरु ध्वस्त भएको देखिएको छ । प्रशान्त महासागरसँग सीमा जोडिएको र विशाल उष्णकटिबन्धीय वन रहेको चोको क्षेत्रमा विगत २४ घण्टामा भारी वर्षा भएको छ ।

कोलम्बिया खडेरीको अवस्थाबाट गुज्रिरहेको बेला जल, मौसम तथा वातावरण अध्ययन इन्स्टिच्युटले यसअघि प्रशान्त र अमेजनको सिमानामा रहेका विभिन्न क्षेत्रमा भारी वर्षाको जोखिमबारे चेतावनी दिएको थियो ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  १ : १९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist