२२ मंसिर २०८२, आइतबार । December 7, 2025

यू–१९ विश्वकप क्रिकेटः नेपालले आज पहिलो औपचारिक अभ्यास खेल स्कटल्यासँग खेल्दै



काठमाडौं । आईसीसी १९ वर्षमुनिको विश्वकप क्रिकेटअघिको अभ्यास खेलमा नेपालले आज स्कटल्यान्डसँग खेल्दैछ ।

दक्षिण अफ्रिकामा रहेको नेपाली टोलीले पहिलो औपचारिक अभ्यास खेल खेल्न लागेको हो । नेपाल र स्कटल्यान्डबीचको अभ्यास खेल नेपाली समयअनुसार दिउँसो १ः४५ बजे शुरु हुनेछ । आज नामिबिया र अमेरिका, दक्षिण अफ्रिका र पाकिस्तान तथा अस्ट्रेलिया र भारतबीच पनि अभ्यास खेल हुनेछ ।

यसअघि नेपालले सोमवार स्कटल्यान्ड र बिहीवार नामिबियासँग खेलेको अनौपचारिक अभ्यास खेलमा स्कटल्यान्डलाई एक सय ३५ र नामिबियालाई ६ रनले हराएको थियो । आईसीसीले विश्व कपअघि हरेक टोलीलाई दुई–दुई वटा अभ्यास खेल खेल्ने व्यवस्था मिलाएको छ ।

नेपालले दोस्रो अभ्यास खेल मङ्गलवार वेस्ट इन्डिजसँग खेल्नेछ । १९ वर्षमुनिको विश्व कप आउँदो माघ ५ गतेदेखि शुरु हुनेछ । यो विश्व कपमा नेपालसहित १६ वटा देश सहभागी छन् ।

नेपाल प्रतियोगिताको समूह ‘डी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, न्युजिल्यान्ड र पाकिस्तान छन् ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  १२ : ४६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको