१२ पुस २०८२, शनिबार । December 28, 2025

रुसले अफ्रिकालाई अनाज र मल आपूर्ति जारी राख्ने



एजेन्सी । रुसले अफ्रिकालाई अन्न र मलको आपूर्ति जारी राख्ने बताएको छ ।

उपप्रधानमन्त्री भिक्टोरिया अब्रामचेन्कोलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले शुक्रबार यस बारे जनाकारी गराएका छन्। रूस विश्वव्यापी अनाज भण्डार र भरपर्दो आपूर्तिकर्ता हो । अन्न र मलको सन्दर्भमा मानवीय सहायताको पहिलो चरण अफ्रिकी देशहरूमा पठाइसकेको छ र आगामी दिनमा यसलाई जारी राखिने छ।

संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठनले भर्खरै पश्चिमी देशहरूले खाद्य, खनिज मल, रसद र भुक्तानीमा लगाएको प्रतिबन्धले विश्व भोकमरीको समस्या बढेको स्वीकार गरेको रुसका उपप्रधानमन्त्रीले बताउनु भएको छ ।

गत वर्ष जुलाईमा रुस–अफ्रिका शिखर सम्मेलनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले विश्व खाद्य कार्यक्रमको सूचीमा रहेका ६ अफ्रिकी देशलाई रुसले मानवीय सहायताका रूपमा अन्न पठाउने बताउनु भएको थियो ।

कृषि अधिकारीहरूका अनुसार सोमालिया र बुर्किना फासोका लागि प्रत्येक २५ हजार टन गहुँ बोकेका दुई जहाजहरू नोभेम्बरको मध्यमा रूसबाट त्यसतर्फ प्रस्थान गरेका थिए।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ११ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist