१२ पुस २०८२, शनिबार । December 27, 2025

यू–१९ विश्वकप क्रिकेटः स्कटल्याण्डसँगको अभ्यास खेलमा नेपाल विजयी



काठमाडौं । यू–१९ विश्वकप क्रिकेटको तयारीका क्रममा स्कटल्याण्डसँग खेलेको अभ्यास खेलमा नेपाल विजयी भएको छ ।

दक्षिण अफ्रिकामा सोमबार भएको खेलमा नेपालको यू–१९ टिमले स्कटल्यान्डको यू–१९ टिमलाई १३५ रनको फराकिलो अन्तरले हराएको हो । गुल्सन झाको शतकीय पारीमा नेपालले स्कटल्यान्डलाई २८५ रनको लक्ष्य दिएको थियो ।

नेपालले ४९.२ ओभरमा अलआउट हुँदै २८४ रन बनाएको थियो । गुल्सनले ११५ बलमा ११४ रनको शतकीय पारी खेलेका थिए । त्यस्तै दिपक बोहरा ५४ बलमा ५८ रनको अर्धशतकीय पारीसहित अविजित रहेका थिए । नेपालले दिएको २८५ रनको लक्ष्य पछ्याएको स्कटल्यान्ड ४३.२ ओभरमा १४९ रन बनाउँदै अलआउट भयो । स्कटल्यान्डका उजैर अहमदले २८ र खानले २४ रन बनाए ।

नेपालका लागि लेगस्पिनर तिलकराज भण्डारीले सर्वाधिक ३ विकेट लिए । आकाश चन्दले २ विकेट लिए । जनवरी १९ बाट फेब्रुअरी ११ सम्म हुने विश्वकपमा नेपाल समुह डीमा छ । यो समूहमा नेपाल लगायत न्यूृजिल्यान्ड, पाकिस्तान र अफगानिस्तान छन् ।

नेपालले १३ जनवरीमा स्कटल्यान्ड र १६ जनवरीमा वेस्ट इन्डिजसँग आधिकारिक वार्मअप खेल खेल्नेछ ।

प्रकाशित मिति : २४ पुस २०८०, मंगलबार  १२ : ०७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist