४ असार २०८३, बिहिबार । June 18, 2026

विश्वशान्तिका लागि पत्रकारले रचनात्मक भूमिका निर्वाह गर्नुपर्छ


२३ पुस २०८०, सोमबार  

9
Shares

एजेन्सी । विश्वमा शान्ति स्थापना र मानवअधिकारको प्रत्याभूतिका लागि दक्षिण एसियाली मुलुकका पत्रकारले रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिइएको छ ।

भारतको विहार राज्यमा पर्ने वैशाली जिल्लाको स्वर्णजयन्ती समापन समारोहका अवसरमा वैशाली जिल्ला प्रतिष्ठान, मानवअधिकार (टुडे पत्रिका), सार्क पत्रकार मञ्च (सार्क जर्नालिष्ट फोरम), विहार च्याप्टरको आयोजनामा भएको आम्रपाली कला साहित्य अन्तर्राष्ट्रिय सम्मेलनमा विश्वशान्ति स्थापनाका लागि सञ्चार जगत्ले गर्दै आएको सचेतना र सहजीकरणको भूमिका अझ प्रभावकारी हुनुपर्नेमा जोड दिइएको हो ।

वैशाली भगवान् महावीरको जन्मभूमि र भगवान् बुद्धको कर्मस्थल हुनाका साथै लोकतन्त्रको जननी पनि मानिन्छ । विश्वको पहिलो गणराज्य मानिने वैशालीको विश्वशान्ति स्तूपा क्षेत्रमा शनिबार र आइतबार आयोजित ‘युद्ध, शान्ति र मानवअधिकार विषयक’ गोष्ठीमा सार्क पत्रकार मञ्चका अन्तर्राष्ट्रिय कमिटीका अध्यक्ष राजु लामाले शान्तिको सट्टा युद्धको चर्चा गर्न नहुने बताए ।

उनले भगवान् बुद्ध र महावीरको मार्गमा हिँड्नु अहिलेको आवश्यकता रहेकाले आफूहरुले यस पक्षलाई आत्मसात् गरेर पत्रकारिताबाट जागरण सिर्जना गर्ने प्रतिबद्दता व्यक्त गरे । मञ्चका महासचिव मोहम्मद अब्दुर रहमानले वैशालीले विश्वलाई प्रजातन्त्रको सन्देश दिएको र लोकतान्त्रिक विचार फैलाएको बताउँदै सञ्चार क्षेत्रबाट आफूहरुको जागरण अभियान सञ्चालन गर्नुपर्ने धारण राखे ।

समारोहमा अन्तर्राष्ट्रिय लोकसंस्कृतिका संवाहक मरिससकी डा सरिता बुढुले भयावहता मानवताको ठूलो शत्रु भएकाले अहिंसाबाट मात्रै लोकतन्त्र र शान्ति स्थापना हुने बताइन् । विहार हिन्दी साहित्य सम्मेलन, पटनाका अध्यक्ष डा अनिल सुलभ, दूरदर्शन केन्द्र, पटनाका कार्यक्रम प्रमुख डा राजकुमार नाहर, सम्मेलनका संयोजक सम्पादक डा शशिभूषण कुमारलगायतले सम्मेलनमा प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा पद्मश्री पुरस्कार विजेता डा जीतेन्द्रकुमार, पद्मश्री राजकुमारी देवी र पद्मश्री डा शान्ति राईलगायतले युद्धले कुनै पनि समाजमा रहेका समस्याको समाधान नहुनेमा जोड दिए । कार्यक्रममा मानवअधिकार, साहित्य पत्रकारकारिता क्षेत्रका विभिन्न व्यक्तित्वलाई विश्वशान्ति पुरस्कार र विहार साहित्य सम्मान प्रदान गरिएको थियो । सम्मेलनमा नेपाल, भारत, बङ्गलादेश र मरिससबाट सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २३ पुस २०८०, सोमबार  २ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा