३ कार्तिक २०८३, मंगलबार । October 21, 2026

रुपान्तरण अभियानले पार्टीमा नयाँ जागरण पैदा गरेको छः नेता पौडेल


१६ पुस २०८०, सोमबार  

3
Shares

कास्की । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका केन्द्रीय सचिव एवं गण्डकी प्रदेशका इन्चार्ज देवेन्द्र पौडेलले पार्टीले सञ्चालन गरेको जनतासँग माओवादी विशेष रुपान्तरण अभियानले पार्टीपङ्क्तिमा नयाँ जागरण पैदा गरेको बताएका छन् ।

पार्टीको पोखरा महानगर कमिटीले अभियानको समापनका अवसरमा आज आयोजना गरेको कार्यक्रममा उनले चाडपर्व, भूकम्पलगायत कारणले अभियानलाई केही प्रतिकूल प्रभाव पारे पनि अभियानले पार्टीलाई जनतासँग जोड्ने काममा सफलता प्राप्त गरेको उल्लेख गरे ।

नेता पौडेलले कार्यसम्पादनका आधारमा नेता तथा कार्यकर्ताको मूल्याङ्कन हुने र जिम्मेवारी प्रदान गर्ने प्रणालीको विकास गरिने बताए । “फिल्डमा नजाने तर अध्यक्ष कहाँ गएर अनुहार देखाएर वा अरू कुनै प्रकारले प्रभाव पारेर जिम्मेवारी प्राप्त गर्ने कुरा अब पार्टीमा अन्त्य भएको छ,” सचिव पौडेलले भने, “नेताहरुको मूल्याङ्कन अब फिल्डमा कति काम ग¥यो, कति समय दियो भन्ने आधारमा हुनेछ ।”

नेता पौडेलले चार महिनाको अभियानका क्रममा जनताबाट प्राप्त सुझावका आधारमा अब पार्टीलाई सञ्चालन गरिने स्पष्ट पारे । पार्टीको छिट्टै हुने विधान अधिवेशनले पार्टी कमिटी र सङ्गठनलाई स्वचालित प्रणालीमा सञ्चालन गर्ने विधि बनाउने उनको भनाइ थियो ।

नेता पौडेलले अझै पनि श्रमिक, उत्पीडित वर्ग, समुदायको विश्वास माओवादीप्रति नै रहेको जिकिर गर्दै सुकुम्बासी समस्या, मजदुरका समस्यालाई पार्टीको नेतृत्वमा रहेको सरकारले पूरा गरेरै छाड्ने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : १६ पुस २०८०, सोमबार  १० : १५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि