२३ माघ २०८२, बिहिबार । February 5, 2026

एकदिवसीय विश्वकप क्रिकेट

साबिक विजेता इंग्ल्याण्ड अफगानिस्तानसँग पराजित



एजेन्सी । एकदिवसीय विश्वकपको आफ्नो तेस्रो खेलमा साबिक विजेता इंग्ल्याण्ड अफगानिस्तानसँग पराजित भएको छ ।

आइतबार भएको खेलमा इंग्ल्याण्ड ६९ रनले पराजित भएको हो । अफगानिस्तानले प्रस्तुत गरेको २ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा इंग्ल्याण्डले ४०.३ ओभरमा २ सय १५ रन मात्र बनाउन सक्यो । योसँगै अफगानिस्तानले प्रतियोगितामा पहिलो जीत हासिल गर्न सफल भएको छ । इंग्ल्याण्डका लागि ह्यारी ब्रुकले सर्वाधिक ६६ रनको योगदान दिए ।

त्यस्तै डेविड मलानले ३२ तथा आदिल रसिदले २० रन बनाए । अन्त्यतिर मार्क वुडले १८ रन तथा रिस टोपलेले १५ रन बनाउन बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । अफगानिस्तानका लागि मुजिब उर रहमान र रसिद खानले ३–३ तथा मोहमद नाबीले २ विकेट लिए । यसअघि अफगानिस्तानले ४९.५ ओभरमा सबै विकेट गुमाएर २ सय ८४ रन बनाएको थियो । अफगानिस्तानका लागि रहमानुल्लाह गुरुबाजले सर्वाधिक ८० रनको योगदान दिए ।

उनले ओपनर इब्राहिम जाडरानसँग मिलेर पहिलो विकेटका लागि शतकीय साझेदारी गरे । जाडरानले २८ रन बनाए । जाडरान आउट भएपछि भने अफगानिस्तानले लगातार विकेट गुमाउँदै गयो । ११४ रनमा बिना कुनै विकेट गुमाएको स्थितिमा रहेको अफगानिस्तानले १७४ रन बनाउँदा ५ विकेट गुमाइसकेको थियो ।

त्यसपछि इक्रम अलिखिलले पाली सम्हाले । उनले ५८ रन बनाए भने उनलाई रसिद खानले २३ तथा मुजिब उर रहमानले २८ रन बनाउँदै राम्रो साथ दिए । इंग्ल्याण्डका लागि आदिल रसिदले ३ तथा मार्क वुडले २ विकेट लिए ।

तीन खेलमा इंग्ल्याण्डको यो दोस्रो हार हो । यसअघि इंग्ल्याण्ड पहिलो खेलमा न्युजिल्याण्डसँग पराजित भएको थियो ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  ९ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिटिजन्स बैंक कालिकानगरद्वारा तिलोत्तमा क्याम्पसमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

रुपन्देही । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेड, कालिकानगर शाखाको आयोजनामा तिलोत्तमा

From Kathmandu to New Delhi: The Diplomatic Legacy of Alexander Kadakin

Kathmandu- The outstanding Russian diplomat Alexander Mikhailovich Kadakin is most

Nepal–Canada Relations Mark 61 Years with Focus on Mountaineering Tourism

Kathmandu- The Nepal–Canada Friendship and Cultural Association hosted a program

कांग्रेस विवादः निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च पुग्यो देउवा पक्ष

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिने निर्वाचन

विश्वकप छनोटः पहिलो खेलमा थाइल्यान्डसँग पराजित भयो नेपाल

काठमाडौं । आजदेखि सुरु भएको आईसीसी महिला टी-२० विश्वकप ग्लोबल