९ आश्विन २०८३, शुक्रबार । September 25, 2026

अफगानिस्तानमा शक्तिशाली भूकम्प: दुई सय जनाको मृत्यु


२१ आश्विन २०८०, आइतबार  

3
Shares

काठमाडौं । अफगानिस्तानको हेरात प्रान्तमा गएको शक्तिशाली भूकम्पमा परि कम्तिमा पनि २ सय जनाको ज्यान गएको छ ।

शनिबार राती गएको ६.३ रेक्टर स्केलको भूकम्पमा परि २ सय बढिको ज्यान गएको र हजारौँ घाइते भएका अधिकारीले जानकारी दिएका छन् । बीबीसी हिन्दीका अनुसार भूकम्पका कारण भत्किएका भवनको भग्नावशेषमा धेरै मानिस दबिएका छन् । विपद् व्यवस्थापन प्रमुखले एक हजार जना घाइते भएको जानकारी दिएका छन् ।

धेरै गाउँहरु पूर्ण रुपमा ध्वस्त भएका छन् । शक्तिशाली भूकम्पपछि लामो समयसम्म भूकम्पको धक्का महसुस भइरहेको छ । भूकम्पले इरानसँगको सीमा नजिकै रहेको हेरात सहरका भवनमा क्षति पुगेको छ ।

गएको बर्षको जुनमा गएको भूकम्पमा १ हजार भन्दा बढिले ज्यान गुमाएका थिए । राहत तथा उद्धारको काम तीव्र गतिमा भइरहेको पनि अधिकारीले जनाएका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  १२ : २० बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको