१२ असार २०८३, शुक्रबार । June 26, 2026

हमासको आक्रमणमा परी ९ जना नेपाली घाइते


२१ आश्विन २०८०, आइतबार  

6
Shares

काठमाडौं । इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परी ९ जना नेपाली घाइते भएका छन् ।

घाइते हुनेमा नेपाली विद्यार्थीहरू रहेको तेल अविवस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार घाइते हुनेहरुको अहिले पनि विवरण संकलन गर्ने काम भइरहेको छ । दक्षिणी इजरायलको अलुमिन किबुजस्थित एक कृषि फार्ममा कार्यरत उनीहरू घाइते भएका हुन् ।

भारतीय समाचार एजेन्सी एनआईले १७ जनालाई बन्धक बनाएको उल्लेख गरेको छ । एनआईले सामाजिक सञ्जाल ट्विट्रमार्फत् हमासले १७ जनालाई बन्धन बनाएको उल्लेख गरेको छ । शनिबार बिहानदेखि हमासले इजरायलमाथि रकेट आक्रमण गरेको थियो ।

सो आक्रमयामा परी हालसम्म ४० जनाको मृत्यु भएको छ भने ७४० जना घाइते रहेको समाचार संस्था बीबीसीले जनाएको छ । यसैबीच इजरायलले हमासविरुद्ध शनिबार युद्ध घोषणाको छ । शनिबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले देश युद्धमा रहेको घोषणा गर्दै यसबाट हमासले ठूलो मूल्य चुकाउने चेतावनी दिएका छन् ।

प्यालेस्टिनी उग्रवादीहरुले शहरभित्रै छिरेर हमला गरेको समाचारहरुमा जनाइएको छ । शनिबार नै इजरायली सेनाले गाजामा हवाई कारबाही थालेको छ । यसअघि हमासका सैन्य कमाण्डर मोहम्मद डैफले हमास मिडियामा सम्बोधन गर्दै इजरायलमाथिको आक्रमण सुरु भएको बताएका थिए ।

त्यसलगत्तै हमासले इजरायलमाथि रकेट प्रहार गरेको थियो । हमासका सैन्य कमाण्डर मोहम्मद डैफले जुनसुकै ठाउँमा रहेका प्यालेस्टाइनीहरूलाई लडाइँमा भाग लिन आह्वान गरेका छन् । उनले भनेका छन्, ‘यो संसारमा भएको अन्तिम अतिक्रमणलाई समाप्त गर्ने विशाल लडाइँको दिन हो ।’

इजरायलमाथि ५ हजार रकेट प्रहार गरिएको हमासको दाबी छ । यस्तै, परराष्ट्र मन्त्रालयले पनि इजरायलमा हमासको आक्रमणमा परी नौ नेपाली घाइते भएको र तीमध्ये दुईको अवस्था गम्भीर रहेको जनाएको छ । शनिबार मन्त्रालयमा आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै मन्त्रालयले यसको पुष्टि गरेको हो । ती नेपाली को हुन्, कहाँका हुन् भन्नेबारे कुनै परिचय र विवरण खुलाइएको छैन ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ६ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर