२१ मंसिर २०८२, शनिबार । December 6, 2025

हमासको आक्रमणमा परी ९ जना नेपाली घाइते



काठमाडौं । इजरायलमा प्यालेस्टिनी विद्रोही समूह हमासको आक्रमणमा परी ९ जना नेपाली घाइते भएका छन् ।

घाइते हुनेमा नेपाली विद्यार्थीहरू रहेको तेल अविवस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासका अनुसार घाइते हुनेहरुको अहिले पनि विवरण संकलन गर्ने काम भइरहेको छ । दक्षिणी इजरायलको अलुमिन किबुजस्थित एक कृषि फार्ममा कार्यरत उनीहरू घाइते भएका हुन् ।

भारतीय समाचार एजेन्सी एनआईले १७ जनालाई बन्धक बनाएको उल्लेख गरेको छ । एनआईले सामाजिक सञ्जाल ट्विट्रमार्फत् हमासले १७ जनालाई बन्धन बनाएको उल्लेख गरेको छ । शनिबार बिहानदेखि हमासले इजरायलमाथि रकेट आक्रमण गरेको थियो ।

सो आक्रमयामा परी हालसम्म ४० जनाको मृत्यु भएको छ भने ७४० जना घाइते रहेको समाचार संस्था बीबीसीले जनाएको छ । यसैबीच इजरायलले हमासविरुद्ध शनिबार युद्ध घोषणाको छ । शनिबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले देश युद्धमा रहेको घोषणा गर्दै यसबाट हमासले ठूलो मूल्य चुकाउने चेतावनी दिएका छन् ।

प्यालेस्टिनी उग्रवादीहरुले शहरभित्रै छिरेर हमला गरेको समाचारहरुमा जनाइएको छ । शनिबार नै इजरायली सेनाले गाजामा हवाई कारबाही थालेको छ । यसअघि हमासका सैन्य कमाण्डर मोहम्मद डैफले हमास मिडियामा सम्बोधन गर्दै इजरायलमाथिको आक्रमण सुरु भएको बताएका थिए ।

त्यसलगत्तै हमासले इजरायलमाथि रकेट प्रहार गरेको थियो । हमासका सैन्य कमाण्डर मोहम्मद डैफले जुनसुकै ठाउँमा रहेका प्यालेस्टाइनीहरूलाई लडाइँमा भाग लिन आह्वान गरेका छन् । उनले भनेका छन्, ‘यो संसारमा भएको अन्तिम अतिक्रमणलाई समाप्त गर्ने विशाल लडाइँको दिन हो ।’

इजरायलमाथि ५ हजार रकेट प्रहार गरिएको हमासको दाबी छ । यस्तै, परराष्ट्र मन्त्रालयले पनि इजरायलमा हमासको आक्रमणमा परी नौ नेपाली घाइते भएको र तीमध्ये दुईको अवस्था गम्भीर रहेको जनाएको छ । शनिबार मन्त्रालयमा आकस्मिक बैठकपछि वक्तव्य जारी गर्दै मन्त्रालयले यसको पुष्टि गरेको हो । ती नेपाली को हुन्, कहाँका हुन् भन्नेबारे कुनै परिचय र विवरण खुलाइएको छैन ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ६ : २२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको