१२ पुस २०८२, शनिबार । December 27, 2025

युरोप गएका पच्चीस सय जना कता हराए ?



एजेन्सी । चालु वर्षमा करिब दुई लाख आप्रवासी भूमध्यसागर पार गरेर युरोप पुग्न सफल भए पनि दुई हजार पाँच सय जनाले भने ज्यान गुमाए वा उनीहरू हराएका शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय निकायलाई उद्धृत गर्दै अल जजिराले जनाएको छ ।

“यो वर्ष एक लाख ८६ हजार मानिस भूमध्यसागर पार गरेर प्रवेश गर्दा दुई हजार पाँच सयभन्दा बढीको मृत्यु भएको वा बेपत्ता भएका निष्कर्षमा हामी पुगेका छौँ,” न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घीय शरणार्थीसम्बन्धी उच्चायुक्त (युएनएचसीआर) का निर्देशक रुभेन मेनिकडिवेलाले सुरक्षा परिषद्लाई जानकारी दिएको अल जजिराले खबर प्रसार गरेको छ । युरोप प्रवेश गरेकामध्ये करिब एक लाख ३० हजार इटाली पुगेका छन् । ग्रीस, स्पेन, साइप्रस, माल्टालगायत देशमा पनि आप्रवासी पुगेको उनले जानकारी दिए ।

गत वर्षको तुलनामा यस वर्ष समुद्र पार गर्ने क्रममा मृत्यु हुने वा बेपत्ता हुनेको सङ्ख्या बढेको छ । जोखिमपूर्ण नाकाबाट यात्रा गर्दा धेरैले ज्यान गुमाएका सुरक्षा परिषद्लाई जानकारी गराइएको छ । अघिल्लो वर्ष एक हजार छ सय ८० जनाको भूमध्यसागर पार गरेर युरोप पस्ने क्रममा मृत्यु भएको थियो ।

एक लाख दुई हजार मानिसले ट्युनिसियाबाट भूमध्यसागर पार गर्ने प्रयास गरेका थिएभने करिब ५० हजार लिबियाको बाटो भएर युरोपतर्फ लागेका थिए । यी दुवै देशबाट भूमध्यसागर पार गर्नु अति जोखिमपूर्ण मानिन्छ । युरोप प्रवेशको यो यात्रामा पाइला–पाइलामा आप्रवासी र शरणार्थीले चरम मानवअधिकार उल्लङ्घनको शिकार हुनुपर्ने तथा ज्यान नै जाने अवस्थाबाट गुज्रनुपर्ने कहालीलाग्दो परिस्थिति पार गर्नुपर्ने निर्देशक रुभेनले बताए ।

प्रकाशित मिति : १३ आश्विन २०८०, शनिबार  ११ : ३९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist