२ आश्विन २०८३, शुक्रबार । September 19, 2026

सरकारले भ्रष्टाचारविरुद्ध होइन, भ्रष्टाचार अभियान चालेको होः केपी ओली


१६ भदौ २०८०, शनिबार  

3
Shares

बुटवलः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारका लागि मात्रै एमाले केन्द्रित नभएको बताएका छन् ।

एमालेले मुलुकबाट गरिबी उन्मुलन गर्दै समृद्ध नेपाली बनाउने अभियान लिएर हिँडेको भन्दै चुनावदेखि चुनाव र सरकारमात्रै नताक्ने उनले बताए । एमाले जतिबेला सरकारमा जान्छ, जनताका पक्षमा काम गर्छ, उनले भने । ०५१ सालको सरकारदेखि एमालेले नेतृत्वको पछिल्लो सरकारले देश विकासमा महत्त्वपूर्ण कार्य गरेको भन्दै उनले त्यस्ता सरकारलाई गिराउन प्रतिक्रियावादीहरू सक्रिय रहेको बताए। ञनेपालको नक्सा सच्याउने, विप्लप र सीके राउतलाई शान्तिपूर्ण राजनीतिमा ल्याउने काम हामीले गरेका हौं ।

अहिलेको सरकारको उपलब्धि १०० किलो सुन चोर्ने भएको छ। यस्तो पनि सरकार हुन्छ्र्र?, उनले प्रश्न गरे। नेपाल अब पछाडि परिराख्न नहुने बताउदै उनले प्राकृतिक स्रोत, खनिजको उपयोग बढाई युवाहरूलाई स्वदेशमै रोजगारीमा लगाउनुपर्ने उनको भनाइ छ। अहिलेको सरकार तस्करमा केन्द्रिकृत रहेको भन्दै राजश्व झन् घट्दै जाने उनले बताए। भन्सारबाट सुन आउने, कर नतिर्ने, पक्रिएको सुन हराउने। कतिसम्म लाजमर्दो काम गरेको हो। अहिले भ्रष्टाचारविरूद्ध अभियान होइन, भ्रष्टाचार अभियान चालेको हो, अध्यक्ष ओलीले भने। उनले यतिसहितका विषयमा छानविन गरेर देखाउन चुनौती दिए।

वाईडवडीमा कमिसन खानेहरू नै कुरा उठाउँछन्। मेरो चुनौती छ, छानविन गर जेल जाउ, उनले भने। एमाले भ्रष्टाचार गर्न सरकारमा जाने पार्टी नभएको उनको जिकिर छ। तर एमालेका विरूद्धमा भ्रम छर्ने काम भइरहेको उनले बताए। उनले सरकार धेरै नचल्ने निष्कर्षमा प्रचण्ड पुगेको बताए। तर एमाले सरकार जान हतारमा नरहेको उनको भनाइ छ।

प्रकाशित मिति : १६ भदौ २०८०, शनिबार  ५ : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ