६ चैत्र २०८२, शुक्रबार । March 20, 2026

सत्ता गठबन्धन संविधानको रक्षाका लागि हो: उपप्रधानमन्त्री खड्का


२ भाद्र २०८०, शनिबार  

6
Shares

भैरहवा । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले चुनावका लागि नभई संविधान रक्षाका लागि गठबन्धन गरिएको बताएका छन् ।

उनले जनताको अधिकारलाई हातमा लिने तत्कालिन सरकार प्रमुखको नियत रोक्नका लागि गठबन्धन गरिएको स्पष्ट पारे । नेपाली कांग्रेस ठूलो दल भए पनि पुस १० पछि कांग्रेस कार्यकर्तामा निराशा छाएको बताउँदै उनले तत्कालीन प्रतिकूलतालाई सफलतापूर्वक अनुकूलतामा परिवर्तन गरेको जिकिर गरे ।

कांग्रेस क्षेत्र नं ३ को क्षेत्रीय सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता खड्काले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा कांग्रेसले राष्ट्रपतिदेखि चारवटा प्रदेशमा नेतृत्वसमेत गरेको बताए । “प्रतिकूलतालाई अनुकूलतामा बदलेर कांग्रेससहितको सहभागितामा पुष्पकमल दहालको नेतृत्वमा सङ्घदेखि प्रदेशसम्म अभियान चलायौँ”, उनले भने, “यो चार महिना हामी सरकारमा रहेपछिको उपलब्धि समीक्षाको विषय हुनुपर्छ, केही कमी–कमजोरी भए यसलाई सच्याउनुपर्छ ।” मन्त्री खड्काले सङ्घले बनाउनुपर्ने सबै सङ्घीय ऐनहरूलाई सरकारले प्राथमिकतामा राखेर यसै अधिवेशनमा संसद्मा लैजाने बताए ।

उनले सङ्घीय शिक्षा ऐन, सङ्घीय निजामती सेवा ऐन र सङ्घीय प्रहरी ऐन, समानान्तररूपमा अगाडि बढेको र चाँडै नै संसद्मा पेस गरिने बताए । उपप्रधानमन्त्री खड्काले ढिलोमा आठ–दश दिनभित्र सङ्घीय शिक्षा ऐन पनि संसद्मा जाने बताए । उनले आवश्यक ऐन सके यसै अधिवेशनमा एवं अन्यलाई हिउँदे अधिवेशनमा पेस गर्ने लक्ष्यसहित सरकार अगाडि बढेको बताए । ऐनहरू संसद्मा पेस गर्नुअघि सरोकारवाला निकायसँग आवश्यक छलफल गरी अगाडि बढ्ने उनले बताए ।

भैरहवामा सम्पन्न भएको कार्यक्रममा कांग्रेसका कार्यकर्ताले निर्वतमान पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाँणलाई नियतवश फसाइएको बताउँदै बाहिर बसेर मुद्दा लड्न पाउनुपर्ने माग राखेका थिए । सरकारमा कांग्रेस रहे पनि खाँणलाई चाहिने आवश्यक सहयोग नगरेको कार्यकर्ताको गुनासो थियो । कांग्रेसका उपसभापतिसमेत रहनु भएका खड्काले भने, “जिम्मेवारीमा रहेका नेतासँग जनताको गुनासो छ ।

आफूलाई सुधार्ने र पार्टीलाई सुधार्ने अहिलेको समयको माग हो । ती गुनासोको सम्बोधन हुनेबित्तिकै हामीसँग अलग भएका जनता कांग्रेससँग जोडिन्छन् र विश्वासको वातावरण बनेपछि छाएको निराशा आशामा बदलिन्छ र हामीले परिणाम दिन सक्छौँ ।”

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ७ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो

टी-२० विश्वकपः दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो खेलमा