९ आश्विन २०८३, शुक्रबार । September 25, 2026

पाकिस्तानमा रेल दुर्घटनाः १५ जनाको मृत्यु, कैयौँ घाइते


२२ श्रावण २०८०, सोमबार  

3
Shares

कामठाडौं । पाकिस्तानको सिन्ध प्रान्तमा भएको रेल दुर्घटनामा कम्तीमा १५ जनाको मुत्यु भएको छ।

उक्त दुर्घटनामा कैयौँ घाइते भएको बीबीसीले उल्लेख गरेको छ। यो दुर्घटना सिन्ध नजिकैको संघार जिल्लाको सरहरि कस्बेमा भएको समाचारमा बताइएको छ। आठवटा डिब्बा रेलको लिकबाट खसेकाले घाइतेहरूलाई निकाल्ने प्रयास जारी हरेको बताइएको छ।

स्थानीय प्रहरी अधिकारी अबिद बलोचले दुर्घटनाग्रस्त रेलका ८ डिब्बा खालि गरिएको र दुईवटालाई सिधा बनाउन क्रेन मगाइएको जानकारी दिए। दुर्घटनास्थलमा रहेका मोहम्मद उस्मान मल्लाहले बीबीसीसँग भनेका छन्, “कैयौँ यात्रीहरू डिब्बाको मुन्तिर थिचिएका छन्। त्यसमध्ये कतिपयको अवस्थामा गम्भीर छ।”

रेलमन्त्री साद रफिकले लाहौरमा एउटा पत्रकार सम्मेलनमा भने, “रेल सही गतिमा गुडिरहेका थियो र उसको स्पिड ४५ किलोमिटर प्रतिघण्टा रहेको थियो।” यसअघि उच्च गतिका कारण उक्त दुर्घटना भएको आशङ्का गरिएको थियो।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  १० : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको