११ पुस २०८२, शुक्रबार । December 27, 2025

भारतको श्रावस्तीमा कार दुर्घटना, ६ नेपालीको मृत्यु



एजेन्सी । भारतमा भएको सवारी दुर्घटनामा ६ नेपालीको मृत्यु भएको छ । एक जना घाइते छन् ।

भारतको श्रावस्ती जिल्लामा भएको सवारी दुर्घटनामा बाँकेको नेपालगञ्जका ६ जनाको मृत्यु भएको हो । मृतक दुई परिवारका हुन् । भारतको बलरामपुरबाट नेपालगञ्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती जिल्लाको इकौना नजिक सडकमा गएराति दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार, दुर्घटनामा नेपालगञ्ज सदरलाइनका एकै परिवारका ३५ वर्षीय वैभव गुप्ता, उनकी श्रीमती ३२ वर्षीया दीपिका गुप्ता, उनीहरूका तीन वर्षीय छोरा डल्लु गुप्ता र छ महिनाकी छोरी श्रीया गुप्ताको मृत्यु भएको छ । सोही घटनामा २२ वर्षीय निलान्स गुप्ता र २० वर्षीया सुनिती गुप्ताको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते कार चालक अजय मिश्रको उपचार भइरहेको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएका गाडी चालक अजय मिश्रको उपचार भइरहेको छ । शनिबार बिहान निलान्स र सुनिती मामाघर घुम्न र बैभव माइतीमा रहेकी श्रीमती दीपिकालाई लिन बलरामपुर पुगेर फर्किंने क्रममा दुर्घटना भएको हो । दुर्घटनाको खबरले नेपालगन्जको त्रिभुवनचोक क्षेत्र शोकमा डुबेको छ ।

भारतको बहराइचमा परीक्षणपछि शव नेपाल ल्याउनका लागि आवश्यक प्रक्रियाको तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ९ : ५५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist