११ पुस २०८२, शुक्रबार । December 27, 2025

निःशुल्क आँखा शिविर सँगै जानकारी मूलक कार्यक्रम सम्पन्न



बुटवल । दारी ग्याङ रूपन्देहीद्वारा रूपन्देहीमा नि:शुल्क आँखा शिविर सँगै आँखा पाक्ने रोग सम्बन्धी जानकारी मूलक कार्यक्रम सम्पन्न गरेको छ ।

रूपन्देहीको कञ्चन गाउपालिका वडा नं ३ को सहकार्य र रिद्धी सिद्धि अप्टिकल एण्ड आई केयरको प्राविधिक सहयोगमा कञ्चन ३ को वडा कार्यालय स्थित स्वास्थ्य चौकीमा शनिबार शिविर सम्पन्न भएको हो । कञ्चन गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष टीकाराम सापकोटा (मधु) को प्रमुख अतिथिमा कार्यक्रम सम्पन्न भएको थियो । नि:शुल्क आँखा जाँच शिविरबाट झन्डै २३० जना बढीले सेवा लिएको रिद्धी सिद्धि अप्टिकल एण्ड आई केयरको प्राविधिक हेमन्त कुमार यादवले बताए ।

कार्यक्रममा वडाध्यक्ष सापकोटाले स्वास्थ्यसँग सम्बन्धित कार्यक्रम त्यसमाथि पनि आँखा जस्तो संवेदनशील कुराको निशुल्क आँखा जाँच शिविर आयोजना गरेकोमा दारी ग्याङ रूपन्देहीलाई धन्यवाद ज्ञापन गर्दै अझै सामाजिक कार्यमा युवाहरूलाई सक्रिय रहन शुभकामना समेत दिएका थिए । बढ्दो आँखा पाक्ने रोगबाट आफू पनि बचौँ र अरुलाई पनी बचाऊ भन्ने उद्देश्यले उक्त शिविरको आयोजना गरिएको दारी ग्याङ रूपन्देही अध्यक्ष भरत पौडेलले जानकारी दिए । नि:शुल्क आँखा जाँच शिविरको लागि प्राविधिकहरू हेमन्त कुमार यादव र शतिस मिश्रले सहजीकरण गरेका थिए ।

प्रकाशित मिति : २१ श्रावण २०८०, आइतबार  ९ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जिली ईएक्स फाइभ किन्दा यस्तो बबाल अफर ! बुकिङ गर्दा २ लाख छुट पाइने

काठमाडौं । नेपालमा जिली ईएक्स फाइभको आधिकारिक बिक्रेता एलआरआर मोटर्सले

Russian Embassy Hosts Media Get-Together in Kathmandu

Kathmandu – The Russian Embassy in Nepal hosted a get-together

‘१६औं इक्यान एजुकेसन फेयर –२०२५’ भव्य रुपमा सम्पन्न

काठमाडौं। १६‍औँ इक्यान शैक्षिक मेला–२०२५ नयाँ बानेश्वरस्थित एभरेस्ट होटलमा भव्य

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist