१२ असार २०८३, शुक्रबार । June 26, 2026

नाइजरका सैनिक अधिकारीद्वारा आफूलाई देशको नयाँ नेता घोषणा


१३ श्रावण २०८०, शनिबार  

9
Shares

एजेन्सी । नाइजरका सेनाका जनरलले आफूलाई देशको नयाँ नेता घोषणा गरेका छन् ।

जिहादीबाट अतिप्रभावित अफ्रिकी राष्ट्रको नयाँ नेता घोषणा गरेका उनले आफ्नो कदमविरुद्ध हुने कुनै पनि विदेशी सैन्य हस्तक्षेपले अराजकता निम्त्याउने चेतावनी दिएका छन् । सन् २०११ देखि राष्ट्रपतिका प्रमुख सुरक्षाकर्मी रहेका जनरल अब्दुरहामाने त्चियानीले राष्ट्रिय टेलिभिजनबाट मुलुकको सुरक्षाका लागि राष्ट्रिय परिषद्को अध्यक्षसमेत बनेको घोषणा गरेका छन् ।

सार्वजनिक जीवनबाट टाढै रहेका पाँच दशकको उमेरका उनले जिहादीको आक्रमण र रक्तपातले देशको सुरक्षा स्थितिमा ह्रास आएकाले आफूले सैन्य विप्लव गरेको तर्क गरेका छन् । आतङ्कवादविरुद्धको लडाइँमा छिमेकी बुर्किना फासो र मालीसँगको कुनै किसिमको सहयोग एवम् साझेदारी नगर्ने उल्लेख गर्दै जनरल अब्दुरहामाने त्चियानीले उनीहरूको सुरक्षा दृष्टिकोण र दायरामाथि प्रश्न गरेका छन् ।

साथै उनले प्रजातान्त्रिक रूपमा निर्वाचित राष्ट्रपतिबाट सत्ता हत्याएकामा अन्तरराष्ट्रिय निन्दाको परबाह नगरी विदेशी सैन्य हस्तक्षेपबाट आउने गम्भीर परिणामको चेतावनी दिएका छन् । लामो समयसम्म नाइजरलाई आफ्नो उपनिवेश बनाएको फ्रान्सले विद्रोहीहरूलाई अस्वीकार गर्दै वैधानिक राष्ट्रपति बाजुमलाई पुनःस्थापना गर्न माग गरेको छ ।

संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पश्चिम अफ्रिकी मुलुक नाइजरमा बुधबार राति भएको सैनिक विद्रोहको निन्दा गर्दै राष्ट्रपति मोहम्मद बाजुमलाई निःशर्त रिहा गर्न आह्वान गरेको छ । मेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बाजुम सरकारप्रति वासिङ्टनको दृढ समर्थन रहेको दोहोर्‍याउँदै उनलाई अपदस्थ गरेर दशौँ लाख डलरको अमेरिका सहायता जोखिममा पारेको बताए ।

साथै उनले नाइजरमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक शासनको पूर्ण पुनर्स्थापना सुनिश्चित गर्न अमेरिकाले काम गरिरहने बताए । सैन्य विद्रोहबारे जानकारी पाउने वित्तिकै वासिङ्टनले सुरक्षा तथा अन्य सहयोग बन्द गर्ने चेतावनी दिएको थियो । यद्यपि नाइजरमा तैनाथ करिब एक हजार अमेरिकी सेना फिर्ता हुने छैनन् । युरोपेली सङ्घले विद्रोहलाई नाइजरको स्थायित्व र लोकतन्त्रका लागि गम्भीर आक्रमण भन्दै सहायता कटौती गर्ने धम्की दिएको छ ।

पश्चिम अफ्रिकी मुलुकका नेताहरूले आइतबार नाइजेरियाको राजधानी अबुजामा नाइजर विद्रोहबारे छलफल गर्ने राष्ट्रपति बोला टिनुबुले बताए । पश्चिम अफ्रिकी मुलुकहरूको आर्थिक समुदायका अध्यक्षसमेत रहेका उहाँले नाइजरमा लोकतान्त्रिक शासन कायम गर्न हरसम्भव प्रयास गरिने बताए । यसअघि सुरक्षा परिषद्का सदस्य राष्ट्रको आजको बैठकले राष्ट्रपति बाजुमका परिवारका सदस्य र उहाँको सरकारका सदस्यको सुरक्षा गर्नुपर्नेमा जोड दिएको थियो ।

असंवैधानिक ढङ्गले भएको सरकार परिवर्तनको नकारात्मक प्रभावले आतङ्ककारी गतिविधिमा वृद्धिका साथै बिग्रेको सामाजिक आर्थिक अवस्थाप्रति बैठकले चिन्ता व्यक्त गरेको थियो । अफ्रिकी तथा अन्य अन्तरराष्ट्रिय संस्था, नाइजरका सहयोगी जर्मनी संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ, फ्रान्सलगायत देशका साथै संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सैन्य विद्रोहको निन्दा गर्दैै राष्ट्रपति बाजुमलाई अविलम्ब रिहा गर्न आह्वान गरेका छन् ।

भूपरिवेष्टित राष्ट्र नाइजर विश्वकै निर्धनतम राष्ट्रमध्येको एक हो । सन् १९६० मा फ्रान्सबाट स्वतन्त्र भएपछि चारपटक यस्ता विद्रोह भइसकेका छन् । राष्ट्रपति बाजुमविरुद्ध पनि दुई पटक विद्रोह भएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८०, शनिबार  ५ : २७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर