१८ जेष्ठ २०८३, सोमबार । June 1, 2026

अमेरिकाको अलास्का प्रायद्वीपमा ७.२ म्याग्नीच्यूडको भूकम्प


३१ असार २०८०, आइतबार  

6
Shares

एजेन्सी । अमेरिकाको अलास्का प्रायद्वीपमा स्थानीय समयअनुसार शनिबार राति ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजिएस) ले जनाएको छ ।

युएसजिएसले यस पहिले ७.२ म्याग्निच्युडको भूकम्प गएको बताएको भएपनि यसलाई संशोधित गरी ७.४ म्याग्निच्युड भएको परिमार्जित रिपोर्ट दिएको छ । स्थानीय समयअनुसार आइतबार राति १० बजेर ४८ मिनेटमा स्यान्ड प्वाइन्ट सहरबाट ८९ किलोमिटर दक्षिणपश्चिममा भूकम्प गएको थियो ।

अलास्काको पामरमा रहेको राष्ट्रिय सुनामी चेतावनी केन्द्रले दक्षिण अलास्का र अलास्का प्रायद्वीपका लागि यसअघिको सुनामीको खतरनाक चेतावनीलाई कम गरेको छ । “उत्तर अमेरिकाका अन्य अमेरिकी र क्यानडेली प्रशान्त महासागरीय तटहरूमा सुनामीको कुनै खतरा छैन,” विज्ञप्तिमा भनिएको छ ।

अलास्का भूकम्पीय रूपमा सक्रिय प्यासिफिक रिङ अफ फायरको एक भाग हो । सन् १९६४ को मार्चमा ९।२ म्याग्नीच्यूडको भूकम्प गएको थियो जुन उत्तरी अमेरिकामा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भूकम्प थियो । यसले एन्कोरेजलाई तहसनहस पारेको थियो र अलास्काको खाडी, अमेरिकी पश्चिमी तट र हवाईमा सुनामी ल्याएको थियो ।

उक्त भूकम्प र सुनामीका कारण २५० भन्दा बढीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ७ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सिआईबीका ठूला अनुसन्धानले बढायो कानुनी शासनप्रतिको भरोसा

काठमाडौं । पछिल्लो समय नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली