२१ मंसिर २०८२, शनिबार । December 6, 2025

अमेरिकाको अलास्का प्रायद्वीपमा ७.२ म्याग्नीच्यूडको भूकम्प



एजेन्सी । अमेरिकाको अलास्का प्रायद्वीपमा स्थानीय समयअनुसार शनिबार राति ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजिएस) ले जनाएको छ ।

युएसजिएसले यस पहिले ७.२ म्याग्निच्युडको भूकम्प गएको बताएको भएपनि यसलाई संशोधित गरी ७.४ म्याग्निच्युड भएको परिमार्जित रिपोर्ट दिएको छ । स्थानीय समयअनुसार आइतबार राति १० बजेर ४८ मिनेटमा स्यान्ड प्वाइन्ट सहरबाट ८९ किलोमिटर दक्षिणपश्चिममा भूकम्प गएको थियो ।

अलास्काको पामरमा रहेको राष्ट्रिय सुनामी चेतावनी केन्द्रले दक्षिण अलास्का र अलास्का प्रायद्वीपका लागि यसअघिको सुनामीको खतरनाक चेतावनीलाई कम गरेको छ । “उत्तर अमेरिकाका अन्य अमेरिकी र क्यानडेली प्रशान्त महासागरीय तटहरूमा सुनामीको कुनै खतरा छैन,” विज्ञप्तिमा भनिएको छ ।

अलास्का भूकम्पीय रूपमा सक्रिय प्यासिफिक रिङ अफ फायरको एक भाग हो । सन् १९६४ को मार्चमा ९।२ म्याग्नीच्यूडको भूकम्प गएको थियो जुन उत्तरी अमेरिकामा अहिलेसम्मकै सबैभन्दा शक्तिशाली भूकम्प थियो । यसले एन्कोरेजलाई तहसनहस पारेको थियो र अलास्काको खाडी, अमेरिकी पश्चिमी तट र हवाईमा सुनामी ल्याएको थियो ।

उक्त भूकम्प र सुनामीका कारण २५० भन्दा बढीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३१ असार २०८०, आइतबार  ७ : ४४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको