८ चैत्र २०८२, आइतबार । March 22, 2026

इमर्जिङ टिम्स एसिया कपः नेपाल पाकिस्तानसँग पराजित


२९ असार २०८०, शुक्रबार  

6
Shares

एजेन्सी । श्रीलङ्कामा जारी एसीसी पुरुष इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल पाकिस्तानको ए टोलीसँग पराजित भएको छ ।

कोलम्बो क्रिकेट क्लबको मैदानमा आज भएको खेलमा नेपाल चार विकेटले पराजित भएको हो । नेपालले दिएको एक सय ८० रनको लक्ष्य पाकिस्तान ए ले ३२ दशमलव ५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । पाकिस्तान ए का लागि तैयव ताहिरले सर्वाधिक ५१ रनको योगदान दिए । त्यस्तै वमिर विन युसुफले ३६ रन बनाए भने कमरान गुलामले ३१ रन बनाए ।

बलिङतर्फ नेपालका ललित राजवंशीले ३ विकेट लिए भने पवन सर्राफले २ विकेट झारे । त्यस्तै कुशल मल्लले १ विकेट झारे । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ३७ ओभरमा सबै विकेट गुमाउँदै एक सय ७९ रनको योगफल बनायो । नेपालका लागि सोमपाल कामीले एक सय १ बलमा ९ चौका र २ छक्काको सहयोगमा ७५ रनको अर्धशतकीय इनिङ खेले ।

सोमपालले प्रतिश जिसीसँग मिलेर ७० बलमा ५८ रनको साझेदारी गरे । यस साझेदारीले नेपाललाई लज्जास्पद योगफल बन्नबाट जोगायो । प्रतिशले २४ बलमा एक चौका र दुई छक्काको सहयोगमा २६ रन बनाए । पन्ध्र दशमलव ४ ओभरमा ७२ रनमा ८ विकेट गुमाइसकेको नेपालका लागि सोमपाल र प्रतिशको साझेदारीबाट टोली सम्मानजनक योगफल बनाउन सफल भयो । त्यसैगरी अर्जुन साउद तथा कुशल मल्लले समान १७–१७ रन बनाए ।

गुलशन झाले १९ बलमा एक चौकाको सहयोगमा १३ रन बनाए भने ओपनर आसिफ शेखले १२ रन जोडे । त्यसबाहेक अन्य नेपाली ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । पाकिस्तान ए का लागि शाहनवाज दहानी एक्लैले पाँच विकेट लिए भने मोहम्मद वासिम जुनियरले चार विकेट लिए । त्यस्तै मुबासिर खानले एक विकेट लिए ।

जितसँगै पाकिस्तान ए टोली समूह बी को शीर्ष स्थानमा उक्लिएको छ । पराजित नेपाल दोस्रो स्थानमा रहेको छ । नेपालले आफनो दोस्रो खेलमा आगामी साउन १ गते भारत ए सँग खेल्नेछ । प्रतियोगितामा विभिन्न आठ टोली सहभागी छन् । टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा श्रीलङ्का, फगानिस्तान, बङ्गलादेश र ओमान ए छन् भने समूह बी मा नेपाल, भारत, पाकिस्तान र युएईको ए टोली छ ।

प्रकाशित मिति : २९ असार २०८०, शुक्रबार  ८ : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो