३ आश्विन २०८३, शनिबार । September 20, 2026

मकवानपुरबाट अवैध सुनसहित एक पक्राउ


२८ असार २०८०, बिहिबार  

12
Shares

मकवानपुर । मकवानपुर प्रहरीले अवैध सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पूर्व–पश्चिम सडकखण्डअन्तर्गत पर्ने मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेबाट आज बिहान अवैध सुनसहित एक जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–१ बस्ने ३५ वर्षीय प्रभु साह सोनार रहेका छन् ।

उनलाई विशेष सूचनाका आधारमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले रु ४७ लाख ३६ हजार सात सय २९ बराबरको चार सय ८९ ग्राम ३७ मिलीग्राम सुनसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कार्कीले बताए । उनका अनुसार बिहान साढे ११ बजेको समयमा काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको ना१ज ७४९० नम्बरको यात्रुवाहक सुमोलाई रोकी जाँच गर्ने क्रममा उक्त सुमोमा सवार सोनारको साथबाट सो परिमाणको सुन बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

प्रकाशित मिति : २८ असार २०८०, बिहिबार  ७ : ४५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली