१२ असार २०८३, शुक्रबार । June 26, 2026

मेडिकल व्यवसायी प्रसाईंलाई हत्याको धम्की दिई फिरौती माग गर्ने पक्राउ


२६ असार २०८०, मंगलबार  

9
Shares

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हत्याको धम्की दिँदै फिरौती माग गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

फिरौती लिन आएको अवस्थामा खोटाङ घर भई काठमाडौँको चुनदेवी बस्ने रमेशकुमार गुरुङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० को टोलीले आज महाराजगञ्जबाट पक्राउ गरेको हो । अपहरण तथा शरीर बन्धक मुद्दामा आवश्यक अनुसन्धान एवं कारबाहीका लागि गुरुङलाई आजै प्रहरी वृत महाराजगञ्ज पठाइएको सिआइबीका प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए ।

उनले असार १३ गते प्रवेश लामाको नामबाट फोन गरी ‘हत्या गर्नका लागि योजना बनिसकेको, यदि सुरक्षित हुन चाहनुहुन्छ भने रकम दिनुपर्ने हुन्छ, डिमान्डको रकम उपलब्ध गर्नुभयो भने तपाईंको जीवन बच्न सक्छ’ भनी फोन तथा पटकपटक एसएसमएस गरी रु ३० करोड रकम माग गरेका थिए ।

प्रकाशित मिति : २६ असार २०८०, मंगलबार  १० : ०६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर