१ आश्विन २०८३, बिहिबार । September 18, 2026

बजेट पारित गर्न कांग्रेस र माओवादीले ह्विप लगाउँदा अन्य दल के गर्दैछन् ?


१३ असार २०८०, बुधबार  

3
Shares

काठमाडौं । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ बजेट प्रति असन्तुष्ट सत्तारुढ दलहरूको संसदीय दलको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक सुरु हुनु अघि सत्तारुढ दलहरू नेकपा एकीकृत समाजवादी, जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले बैठक राखेर बजेटका बारेमा धारणा बनाउन लागेका हुन् । यी दलहरूले यथास्थितिमा बजेट पारित गर्न नसकिने सार्वजनिक रुपमा धारणा राख्दै आएका थिए । एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आजको बैठक पछि मात्रै आधिकारिक धारणा आउने बताए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित विपक्षमा रहेका अन्य दलहरू रास्वपा, राप्रपा, नेमकिपालगायतले संशोधन बिना कुनै हालतमा बजेट पारित हुन नदिने बताउँदै आएका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने बजेट पारित गराउन हिजो नै आफ्ना सांसदहरूलाई बजेटको पक्षमा उभिन ह्विप जारी गरिसकेका छन् । सरकारले आजको बैठकमा बजेट पारित गर्नका लागि प्रस्ताव प्रस्तुत गर्दैछ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ९ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ