८ कार्तिक २०८३, आइतबार । October 25, 2026

बजेट पारित गर्न कांग्रेस र माओवादीले ह्विप लगाउँदा अन्य दल के गर्दैछन् ?


१३ असार २०८०, बुधबार  

3
Shares

काठमाडौं । सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ बजेट प्रति असन्तुष्ट सत्तारुढ दलहरूको संसदीय दलको बैठक बस्दैछ ।

प्रतिनिधिसभा बैठक सुरु हुनु अघि सत्तारुढ दलहरू नेकपा एकीकृत समाजवादी, जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीले बैठक राखेर बजेटका बारेमा धारणा बनाउन लागेका हुन् । यी दलहरूले यथास्थितिमा बजेट पारित गर्न नसकिने सार्वजनिक रुपमा धारणा राख्दै आएका थिए । एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले आजको बैठक पछि मात्रै आधिकारिक धारणा आउने बताए ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित विपक्षमा रहेका अन्य दलहरू रास्वपा, राप्रपा, नेमकिपालगायतले संशोधन बिना कुनै हालतमा बजेट पारित हुन नदिने बताउँदै आएका छन् । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले भने बजेट पारित गराउन हिजो नै आफ्ना सांसदहरूलाई बजेटको पक्षमा उभिन ह्विप जारी गरिसकेका छन् । सरकारले आजको बैठकमा बजेट पारित गर्नका लागि प्रस्ताव प्रस्तुत गर्दैछ ।

प्रकाशित मिति : १३ असार २०८०, बुधबार  ९ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगलमा नेपालीको संख्या ५६ हजार नाघ्यो, एनआरएनएले लिस्बोनमा कार्यालय खोल्दै

लिस्बन। पोर्चुगलमा रहेका नेपाली समुदायलाई लक्षित गर्दै गैरआवासीय नेपाली संघ

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि