८ आश्विन २०८३, बिहिबार । September 24, 2026

भ्रष्टाचार अभियोगमा कृषि विकास कार्यालय मुगुका तत्कालीन प्रमुखविरुद्ध मुद्दा दायर


१२ असार २०८०, मंगलबार  

6
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार गरेको अभियोगमा कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुखसहितका अधिकारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

प्रदेश सरकारबाट प्राप्त भएको अनुदान रकममा तोकिए बमोजिमको काम नगरी भ्रष्टचार गरेको आयोगले आरोप छ । आर्थिक वर्ष २०७६–७७ मा सञ्चालन भएको खत्याड गाउँपालिका–४ स्थित खिराचौर कृषि सिँचाइ निर्माण योजना अधुरो र समयमा काम नगर्ने उपभोक्ता समिति तथा अन्य संलग्नलाई नियमानुसार कारबाही नगरी छाडिएको थियो ।

कार्यस्थलमा नभएको कामकोसमेत विवरण तयार पारी रु १२ लाख ८३ हजार ३४ बराबरको भुक्तानी दिएको पाइएको आयोगको भनाइ छ । सो कार्यमा कृषि विकास कार्यालय मुगुका तत्कालीन निमित्त कार्यालय प्रमुख पञ्चलाल बुढाविरुद्ध रु १२ लाख ८३ हजार ३४ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको छ ।

यस्तै, सोही कार्यालयका सव इञ्जिनियर राजेन्द्र शाही र प्रशासनिक सहायक टेकबहादुर खत्री, उपभोक्ता समितिका अध्यक्ष हस्तबहादुर रोकाया, कोषाध्यक्ष अमनाकुमारी रोकाया र सचिव भुवन रावलविरुद्ध पनि समान बिगो दाबी गर्दै आजै विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।

प्रकाशित मिति : १२ असार २०८०, मंगलबार  ७ : ०५ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपाली र रुसी पत्रकारबीच सहकार्यका लागि जेजेएन र आरयूजेबीच समझदारी

काठमाडौं । नेपाली र रुसी पत्रकारबीच सहकार्य, अनुभव आदानप्रदान तथा

भोटेकोशी बाढीपीडित क्षेत्रमा उद्धार र पुनःस्थापनाका लागि डुसान बोबक्याटको १० करोडभन्दा बढीको उपकरण सहयोग

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार,

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको