२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

कुबेतसँग नेपाल १–३ गोल अन्तरले पराजित


६ असार २०८०, बुधबार  

6
Shares

काठमाडौं । दक्षिण एशियाली फुटबलको सबभन्दा ठूलो प्रतियोगिता १४औँ पुरुष साफ च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल पराजित भएको छ ।

भारतको काँतीराव स्टेडियममा आज भएको उद्घाटन खेलमा नेपाल कुवेतसँग १–३ गोल अन्तरले पराजित भएको हो । कुवेतको जितमा कप्तान खालिद हाजिह, शाबैब अल्खाल्दी र मोहमद अब्दुल्लाहले एक–एक गोल गरे । यता नेपालका लागि भने अन्जन विष्टले एक गोल फर्काए ।

खेलको २३औँ मिनेटमा कप्तान खालिदले हेडरमार्फत गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ४२औँ मिनेटमा शाबैबले गोल गर्दै कुवेतलाई २–० को अग्रता दिलाए । खेलको ६५औँ मिनेटमा मोहमदले पेनाल्टीमार्फत गोल गर्दै कुवेतलाई ३–० को अग्रता दिलाए । नेपालका डिफेन्डर अनन्त तामाङले पेनाल्टी बक्सभित्र ह्याण्डबल गरेपछि कुवेतले पेनाल्टीको अवसर पाएको हो ।

त्यसपछि खेलको ६८औँ मिनेटमा नेपालका खेलाडी अन्जनले गोल गरे पनि नेपाल पराजित भयो । यस जितसँगै कुवेतले ३ अङ्क जोडेको छ । साफ च्याम्पियनसिपमा विभिन्न आठ राष्ट्रको सहभागिता रहेको छ । जसमा नेपालसहित आयोजक भारत, बङ्गलादेश, कुवेत, लेबनान, भूटान, पाकिस्तान र माल्दिभ्स छन् ।

अब नेपालले दोस्रो खेल शनिबार आयोजक भारतसँग खेल्नेछ ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ८ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ