७ फाल्गुन २०८१, बुधबार । February 20, 2025

विश्ककप छनोट क्रिकेट

नेपालसँग अमेरिका ६ विकेटले पराजित



एजेन्सी । विश्वकप छनोट क्रिकेटमा अमेरिकासँगको खेलमा नेपाल ६ विकेटले जित हात पारेको छ ।

२०८ रनको लक्ष्य ४३ ओभरमा ४ विकेट गुमाएर भेट्टाउदै नेपाल विजयी भएको हो । नेपालको जितका लागि भीम सार्की र दीपेन्द्रसिंह ऐरीले नट आउट ७४ रनको साझेदारी गरेका थिए । सार्की ७७ र ऐरी ३९ रनमा नट आउट रहे । कप्तान रोहित पौडेल १६ र कुशल मल्ल १३ रनमा पभेलियन फर्केका थिए ।

ओपनर कुशल भुर्तेल ३१ र आसिफ शेख १२ रनमा आउट भए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४९ ओभरमा सबै विकेट गुमाएर २०७ रन बनायो । अमेरिकाका सयन जंहागीर १०० रनमा अविजित रहेका थिए । अमेरिकाको सुरुवात निकै खराब थियो ।

पावर प्लेमा करण केसीले घातक बलिङ गरेपछि अमेरिकाले १९ रन जोड्दा महत्वपूर्ण चार विकेट गुमाइसकेको थियो । तर सुशान्त मदानी र गजानन्द सिंहले पारी सम्हाले । दुबैले पाँचौं विकेटका लागि ४७ रनको साझेदारी गरे । २२औं ओभरको तेस्रो बलमा दिपेन्द्र सिंह ऐरीले यो साझेदारी तोडे । २६ रन बनाएका गजानन्दलाई आरिफ शेखले स्लिपमा क्याच गरे ।

सातौं नम्बरमा ब्याटिङ गर्न आएका जंहागीरले क्रिजमा डटेर खेले । उनले छैटौं विकेट मदानीसँग २९ रनको साझेदारी गरे । ४२ रन बनाएका मदानीलाई ललित राजवंशीले क्लिन बोल्ड गरे । निसर्ग पटेलले ३४ रनको साझेदारी गरे, पटेललाई गुल्सन झाले विकेटकिपर आसिफ शेखको हातबाट क्याच आउट गराए ।

त्यसपछि आएका जेस्सी सिंहले जंहागीरसँग ४२ रनको साझेदारी गरे । जेस्सीलाई दिपेन्द्र सिंह ऐरीले कप्तान रोहित पौडेलको हातबाट क्याच आउट गराए । क्रिजमा टिकेर बाउण्ड्री समेत हानिरहेका जंहागीरले नवौं विकेटका लागि सौरभ नेत्रभालकरसँग ३७ रनको साझेदारी गरे । त्यसक्रममा उनले ४८.३ ओभरमा शतक पूरा गरे ।

५६ बलमा करियरमै पहिलो पटक ५० रन पूरा गरेका उनले थप २३ बलमा अर्को ५० रन थपेर शतक पूरा गरे । अर्को बलमा गुल्सनले नेत्रभालकरलाई बोल्ड गरे । अन्तिम ब्याट्सम्यानका रुपमा क्रिजमा आएका क्याल फिलिपले पहिलो बलमा रन जोड्न सकेनन् । अर्को बलमा योर्कर फालेका गुल्सनले एलबीडब्लू धरापमा पारे र अमेरिका २०७ रनमा अलआउट भयो ।

नेपालका करण केसी एक्लैले ४ विकेट लिए भने गुल्सन झाले ३, दीपेन्द्र सिंह ऐरीले २ र ललित राजवंशीले एक विकेट लिए । सन्दीप लामिछाने भने आज पनि विकेटविहीन रहे । १० ओभर बलिङ गरेका उनले ५८ रन दिएका थिए ।

प्रकाशित मिति : ५ असार २०८०, मंगलबार  ८ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालको पुरुष कबड्डी टोलीले बंगलादेशमा ५ अभ्यास खेल खेल्ने

काठमाडौं । नेपालको पुरुष कबड्डी टोलीले बङ्गलादेशमा घरेलु टोलीसँग पाँच

आजदेखि सुरु हुँदै च्याम्पियन्स ट्रफी, उद्घाटन खेलमा पाकिस्तान र न्यूजिल्याण्ड भिड्दै

काठमाडौं । पाकिस्तान र युएईमा संयुक्त रुपमा आयोजनामा आजदेखि च्याम्पियन्स

लगातार उकालो लाग्दै सुनको भाउ, आज तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको मूल्य तोलामा ११

पूर्वराजा ज्ञानेन्द्रको अपिलः राष्ट्र जोगाउने हो भने हामीलाई साथ दिनुस (भिडिओ)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्र जोगाउने हो भने आफूहरूलाई

आज प्रजातन्त्र दिवस, विविध कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज ७५औँ प्रजातन्त्र दिवस देशका विभिन्न भागमा विविध