१८ चैत्र २०८२, बुधबार । April 1, 2026

उप–प्राध्यापक प्रेम चलाउने सहितका व्यक्ति प्रहरी नियन्त्रणमा


४ असार २०८०, सोमबार  

9
Shares

काठमाडौं । आफूमाथि आक्रमण गर्नेहरुको मुद्दा फिर्ता लिने निर्णयका विरुद्ध धर्ना दिन सोमबार जिल्ला अदालत, काठमाडौँ पुगेका उपप्राध्यापक प्रेम चलाउने सहितका केही व्यक्तिलाई प्रहरीले नियन्त्रणका लिएको छ ।

अदालतभित्र उपप्राध्यापक चलाउने सहितका केही व्यक्तिले होहल्ला र नाराजुलुस गरेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए । समाजशास्त्रका उपप्राध्यापक चलाउनेमाथि विसं २०७७ असोज २० गते नेविसङ्घका कार्यकर्ताले आक्रमण गरेका थिए ।

आक्रमण गर्नेविरुद्ध जिल्ला अदालत, काठमाडौँमा ज्यानसम्बन्धी मुद्दा विचाराधीन रहेको जनाइएको छ । मंगलबार ५ गते उक्त मुद्दाको पेसी तोकिएको बेला मन्त्रिपरिषद्ले मुद्दा फिर्ताको निर्णय गरेको पत्र आइतबार अदालतमा पुगेको जानकारी पाएपछि मुद्दा फिर्ता नलिन र उपप्राध्यापक चलाउनेलाई न्याय दिन माग गर्न उक्त टोली अदालत पुगेको बताइएको छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ८ : २९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र