२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

बोक्सीको आरोप लगाउने २ जना पक्राउ



दाङ । दाङमा बोक्सीको आरोप लगाउने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका-२ निमुरियाका ४५ वर्षीय यमबहादुर सार्की र घोराही-३ का ३३ वर्षीय सरस्वती गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिए ।

उनका अनुसार गत जेठ ३१ गते सरस्वतीले आफ्नो छोरा बिरामी भएको जनाउँदै यमबहादुरलाई बोलाएर झाक्री बसाएको र सोही क्रममा देउरानी जेठानी नाता पर्ने गाउँका दुई महिलालाई तिमीहरु बोक्सी लागेर मेरो छोरा खान लाउन भनेको भन्दै उजुरी परेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैजनालाई बोक्सीको आरोप कसुर र सजाय ऐन २०७२ को दफा ३ को (च) अन्तर्गत धामी झाक्रीको माध्यमद्वारा बोक्सीको आरोप लगाउन नहुने कसुरमा आइतबार दाङ देउखुरी जिल्ला अदालतबाट अनुमति लिएर अनुसन्धान भइरहेको दाङ प्रहरीका प्रवक्ता गौतमले बताए ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ११ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको