१ आश्विन २०८३, बिहिबार । September 17, 2026

जिरी पर्यटन प्रवर्द्धन गर्न ‘बुलेट’ ३ दिने यात्रा


१ असार २०८०, शुक्रबार  

9
Shares

काठमाडौँ । दोलखाको जिरीको पर्यटन प्रवर्द्धनका लागि बुलेट र्‍याली सुरु गरिएको छ ।

नेपाल बुलेट हाउसको आयोजना र पर्यटन प्रवर्द्धन मञ्च नेपालको सहयोगमा र्‍यालीको आयोजना गरिएको हो । नेपालको स्विट्जरल्याण्ड भनेर चिनिने जिरीको प्रवर्द्धन गर्न ‘जिरी घुम्न जाऔँ फिरिरि’ भन्ने मूल नाराका साथ ३ दिने बुलेट र्‍यालीको शुक्रबार गरिएको छ ।

काठमाडौँदेखि १८८ किमी दुरीमा रहेको जिरी आजै जिरी पुग्ने र जिरी नगरपालिकाले स्वागत गर्ने नेपाल बुलेट हाउस का सञ्चालक रमेश कार्कीले जानकारी दिनुभयो । शनिबार जिरी सेरोफेरो घुमेर र्‍याली आइतबार मात्र फर्किने छ । जिरी घुम्न जाऔँ फिरिरि अभियानका अभियन्ता तथा पर्यटन प्रवर्द्धन मञ्चका अध्यक्ष लीला खड्का अनुसार यो र्‍यालीले जिरीको पर्यटन उकास्न टेवा पुर्‍याउनेमा विश्वस्त रहेको बताउनुभयो ।

पछिल्ला दिनहरुमा जिरीको नाम अहिले पहिला जस्तो नसुनिने भएकाले कार्यक्रममार्फत सबैलाई जानकारी दिन पनि आयोजना गरिएको हो । २० जना बुलेट राइडरहरु ३ दिने कार्यक्रमलाई सफल पार्न आज बिहान काठमाडौँबाट जिरी तर्फ लागेका छन् ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ६ : ५१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा

राहत कोषमा ओइरियो पैसा ! प्रधानमन्त्री राहत कोषमा अहिलेसम्म कति जम्मा ?

काठमाडौं । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

टिकटकका अनिलराज अब ठूलो पर्दामा, ‘कालमाण्डू’ले देला त अभिनयको असली पहिचान ?

काठमाडौं । एक्सन, थ्रिलर र सस्पेन्स कथामा निर्माण भएको नेपाली

हिमालयदेखि जापानसम्मः नेपाली स्वादमा जापानी फ्युजनको खोजी

काठमाडौं । नेपाली मौलिक स्वाद र जापानी पाककलाको प्रविधिलाई संयोजन

लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ः हर्षिल र युनिशा विजेता

इटहरी । लिटिल मास्टर एण्ड मिस इटहरी सिजन–२ को सिनियरतर्फ