११ असार २०८३, बिहिबार । June 26, 2026

ग्रिसमा डुंगा दुर्घटना, ७८ जनाको मृत्यु, सयौँ वेपत्ता


१ असार २०८०, शुक्रबार  

6
Shares

एजेन्सी । ग्रिसमा प्रवासीहरु सवार डुंगा दुर्घटना हुँदा ७८ जनाको मृत्यु भएको छ ।

उक्त डुंगामा ७ सय ५० सवार रहेको मध्य हालसम्म ७८ जनाको शव फेला पारिएको अन्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । अन्य धेरै अझै पनि वेपत्ता रहेको र उनिहरुको खोजी कार्य चलिरहेको छ । अन्तराष्ट्रिय समाचार एजेन्सीका अनुसार डुंगामा धेरै व्यक्तिहरु सवार रहेको र अधिकांश वेपत्ता रहेकाले पनि मृत्यु हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

उक्त डुंगाको तल्लो तलामा करिब एक सय जना बालबालिका र महिलाहरु थिए । दुर्घटनाबाट बाँचेकाहरुले बालबालिकाको संख्याबारे जानकारी दिएको समाचार एजेन्सीले जनाएका छन् । क्षमताभन्दा धेरै मानिस भएकाले डुंगा दुर्घटना भएको अनुमान गरिएको छ । यद्यपी दुर्घटनाको यकिन कारण पत्ता लगाउन अनुसन्धान भइरहेको समाचार एजेन्सीले जनाएका छन् ।

डुंगा दुर्घटनापछि कोस्टगार्डका १२ जनालाई हिरासतमा लिइएको छ । ग्रिस कोस्टगार्डले प्रवासीहरुले खचाखच भरिएको डुंगा देखेको तर रोक्ने कोसिस नगरेको आरोप छ ।

प्रकाशित मिति : १ असार २०८०, शुक्रबार  ८ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर