२१ मंसिर २०८२, शनिबार । December 6, 2025

पाकिस्तानमा सडक दुर्घटनाः १३ को मृत्यु, ४१ घाइते



एजेन्सी । पाकिस्तानमा सोमबार भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा परी कम्तीमा १३ जनाको मृत्यु हुनुका साथै अन्य ४१ जना घाइते भएका छन् ।

पाकिस्तान नियन्त्रित काश्मिरको कोटली जिल्लामा सोमबार बिहान एउटा बस गहिरो खाल्डोमा खस्दा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य १८ जना घाइते भएका अधिकारीहरूले बताएका छन् । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको गुजरानवाला शहरमा नायरियन क्षेत्रमा आयोजित धार्मिक समारोहमा भाग लिएर फर्कंदै गरेको बसमा करिब ३५ जना यात्रु सवार रहेको बताइएको छ ।

यसैगरी, पञ्जाबको शेखुपुरा जिल्लामा सोमबार बिहान शेखुपुरा राजमार्गतर्फ मोडिने क्रममा तीव्र गतिका कारण बस पल्टिँदा चार जनाको मृत्यु हुनुका साथै अन्य २३ जना घाइते भएका छन् ।

उद्धारकर्ताहरू दुई दुर्घटना स्थलमा पुगेका छन् र पीडितहरूलाई स्थानीय अस्पतालहरूमा स्थानान्तरण गरिएको उद्धार सेवाले जनाएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ४ : ५६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको