२८ फाल्गुन २०८१, बुधबार । March 13, 2025

नेप्से परिसूचक सात दशमलव ७९ अङ्कले बढ्यो



काठमाडौं । तीव्र उतारचढावबीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सात दशमलव ७९ अङ्कको वृद्धि देखिएको छ ।

नेप्से परिसूचक शून्य दशमलव ३९ प्रतिशतले बढेर एक हजार नौ सय ८७ दशमलव ८७ अङ्क पुगेको छ । आज दुई सय ८५ कम्पनीको ७४ लाख ५४ हजार सात कित्ता शेयर रू दुई अर्ब ८८ करोड ६५ लाख नौ हजार चार सय १५ मा को कारोबार भएको छ । आजको कारोबारमा बैंकिङ, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ ।

बैंकिङ समूह तीन दशमलव ०१, होटल तथा पर्यटन समूह चार सय ५१ दशमलव ९९, जीवन बीमा समूह सात दशमलव ६६, उत्पादन तथा प्रशोधन एक सय दुई दशमलव ९९, लघुवित्त १४ दशमलव ९४ र अन्य समूह शून्य दशमलव ६५ अङ्कले बढेको छ । परिसूचक घट्नेमा विकास बैंक १८ दशमलव ६३, वित्त १६ दशमलव २५, जलविद्युत् सात दशमलव ८८, लगानी शून्य दशमलव ०५, म्यचुअल फन्ड शून्य दशमलव ०१, निर्जीवन बीमा पाँच दशमलव ७० र व्यापार समूह तीन दशमलव ४० अंकले घटेको छ ।

आज अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड, कालिञ्चोक दर्शन लिमिटेड र विगुल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने प्रभु स्मार्ट फण्डको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोल्टी होटल लिमिटेडको रू १५ करोड २८ लाख ५८ हजार आठ सय २१ बराबरको चार लाख ४९ हजार सात सय ४९ कित्ता शेयर किनबेच भएको छ ।

कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा धेरै शिवश्री हाइड्रोपावर लिमिटेडको चार लाख ४९ हजार सात सय ४९ कित्ता खरिदबिक्री भएको छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ३ : ५२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी

प्रचण्डको चेतावनी: प्रतिगामी शक्तिविरुद्ध जनतालाई सडकमा उतार्ने तयारी

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी

शैक्षिक परामर्श र नेपाल प्रहरीको सहयोग: सुरक्षित भविष्यको लागि नयाँ कदम

काठमाडौं । नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायी बीचको अन्तर्क्रिया

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ