२८ फाल्गुन २०८१, बुधबार । March 13, 2025

नेप्से परिसूचक ५३ अङ्कले बढ्यो



काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ ।

आज नेप्से परिसूचक ५३ दशमलव ०३ अङ्क अर्थात् दुई दशमलव ८४ प्रतिशतले बढेर एक हजार नौ सय १९ दशमलव ३७ अङ्कमा कायम भएको हो । आज दुई सय ७० कम्पनीको ४५ लाख ५७ हजार एक सय ६९ कित्ता शेयर ३१ हजार दुई सय ५२ पटक खरिद बिक्री हुँदा रू एक अर्ब ६५ करोड ६३ लाख ४० हजार तीन सय ९१ बराबरको कारोबार भएको छ ।

नेप्सेका सबै सूचक आज हरियो भएका छन् । सेन्सेटिभ इन्डेक्स नौ दशमलव ४९, फ्लोट इन्डेक्स तीन दशमलव ५९ र सेन्सेटिभ फ्लोट इन्डेक्स दुई दशमलव ९४ अङ्कले बढेको छ । सबै समूहका उपसूचक पनि बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूहको उपसूचक चार सय सात दशमलव ०८ र जीवन बीमा समूहको उपसूचक तीन सय ४२ दशमलव ०५ अङ्कले बढेको छ ।

बैंकिङ समूह १७ दशमलव ३५, विकास बैंक एक सय १७ दशमलव ४५, वित्त ५२ दशमलव ७४ र होटल तथा पर्यटन समूह दुई सय ७४ दशमलव ८४ अङ्कले बढेको छ । त्यसैगरी, जलविद्युत् ९१ दशमलव ३९, लगानी एक दशमलव ६२, उत्पादन तथा प्रशोधन एक सय ५७ दशमलव ८४, लघुवित्त ८८ दशमलव ९२, म्युचुअल फन्ड शून्य दशमलव १०, व्यापार ८२ दशमलव ०८ र अन्य समूह ४२ दशमलव ३७ अङ्कले बढेको छ ।

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमेटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज १६ वटा कम्पनीको मात्रै शेयर मूल्य घटेको छ । सबैभन्दा धेरै गुमाउनेमा ‘१२ प्रतिशत आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८३’ को शेयर मूल्य एक दशमलव ९६ प्रतिशतले घटेको छ । आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू १५ करोड ८१ लाख ५४ हजार दुई सय ३८ बराबरको तीन लाख ३० हजार पाँच सय ४३ कित्ता शेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ४ : १३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी

प्रचण्डको चेतावनी: प्रतिगामी शक्तिविरुद्ध जनतालाई सडकमा उतार्ने तयारी

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी

शैक्षिक परामर्श र नेपाल प्रहरीको सहयोग: सुरक्षित भविष्यको लागि नयाँ कदम

काठमाडौं । नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायी बीचको अन्तर्क्रिया

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ