८ चैत्र २०८२, आइतबार । March 22, 2026

टी–ट्वान्टी महिला क्रिकेट

नेपालले जित्यो सिरिज


२१ जेष्ठ २०८०, आइतबार  

6
Shares

काठमाडौं । घरेलु टोली मलेसियालाई हराउँदै नेपालले पाँच खेलको टी–ट्वान्टी महिला क्रिकेट सिरिज जितेको छ ।

आइतबरको अन्तिम खेलमा मलेसियालाई ३ विकेटले पराजित गर्दै नेपालले पाँच खेलको सिरिज ३–२ ले जितेको हो । घरेलु टोली मलेसियाले दिएको १ सय १० रनको लक्ष्य नेपालले १९ दशमलब २ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि सीता रानामगरले ३७ बलमा ६ चौकाको सहयोगमा सर्वाधिक ३४ रन बनाईन् ।

सीता र कप्तान रुबिना क्षेत्रीले २६ रनको साझेदारी गर्दै टोलीलाई बलियो स्थितिमा पुर्याएका थिए । कप्तान रुबिनाले ३० बलमा ३ चौकाको सहयोगमा २३ रन बनाईन् । अप्सरी बेगम १५ रनमा अविजित रहँदा ज्योती पान्डे ११ रनमा अविजित रहिन् । मलेसियाका लागि हमिजा हसिमले २ विकेट लिईन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ९ रन बनायो । घरेलु टोलीका लागि वान जुलियाले ६० बलमा सर्वाधिक ४७ रन बनाईन् । विनिफ्रेड दुराईसिंघमले २५ बलमा २४ तथा महिराह इज्जाती इस्माइलले ३१ बलमा २० रन बनाईन् । नेपालका लागि कविता जोशीले २ तथा ईश्वरी बिष्टले १ विकेट लिईन् ।

पहिलो खेलमा ५ विकेटले पराजित नेपालले दोस्रो खेलमा ७ विकेटको जित दर्ता गरेको थियो । तेस्रो खेलमा नेपालले २७ रनको जित दर्ता गर्दा चौथो खेल मलेसियाले ६ विकेटले जितेको थियो ।

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  १२ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सतुङ्गलमा भव्य कलश यात्रासहित १० दिने श्रीमद्देवीभागवत कथा एवं महारुद्र विराट महायज्ञ सुरु

काठमाडौं । सतुङ्गलस्थित विन्ध्य परिसरमा भव्य कलश यात्रासँगै १० दिने

विश्व शान्तिको आह्वान गर्दै सतुङ्गलस्थित विन्ध्य परिसरमा महारुद्र विराट महायज्ञ हुँदै

काठमाडौं। सतुङ्गलस्थित विन्ध्य परिसरमा १० दिने श्रीमद्देवीभागवत एवं महारुद्र विराट

ससीला मोटर्स र ओम्नी (काबरा) बिच सहकार्य: दुई ब्राण्डका विद्युतीय कमर्सियल गाडी ओम्नीले बेच्ने

काठमाडौँ । चिनियाँ ब्रान्डका विद्युतीय कमर्सियल सवारीसाधन किटोन भ्यान र

Anurag Pangeni Honored by Russian Embassy for Global Anti-Corruption Award

Kathmandu- The Russian Embassy in Kathmandu has honored 15-year-old Nepali

टी-२० विश्वकपः समूह चरणबाटै बाहिरियो नेपाल, वेस्ट इन्डिज प्लेअफमा

काठमाडौं । जारी आईसीसी टी-२० विश्वकप २०२६ अन्तर्गत आफ्नो तेस्रो