२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

नक्कली मदिरा बनाई बिक्री गर्ने पक्राउ



काठमाडौं । राजश्व छलि नक्कली स्टिकर तथा नक्कली मदिरा बनाई बिक्रीवितरण गर्नेलाई रुपन्देही प्रहरीले भैरहवाबाट पक्राउ गरेको छ ।

रुपन्देही सिद्धार्थनगर नगरपालिका–९ बस्ने २८ वर्षीय नवीन पन्थी र सोही ठाउँका ३१ वर्षीय मुक्तार पठानलाई नियन्त्रणमा लिई अनुसन्धान गर्ने क्रममा नक्कली स्टिकर तथा नक्कली रक्सी बनाई बिक्री गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

अम्बिका ट्रेडर्स सञ्चालक पन्थी र पठानलाई राजश्व छली नक्कली स्टिकर तथा नक्कली मदिरा बनाई बिक्री वितरण गरेको भन्ने गोप्य सूचना आधारमा पक्राउ गरिएको हो । प्रवक्ता अर्यालका अनुसार उनीहरूले स्थानीय फिरोज खानको घरमा कोठा भाडामा लिइराखेको अवस्थामा आन्तरिक राजश्व विभाग लेखेको स्टिकर ५९३ वटा, सिग्नेचरको खाली बोतल ४८ वटा, ओल्ड दरबार लेखेको खाली बोतल १६ वटा, गोल्डेन ओक लेखेको खाली बोतल नौ वटा, सिग्नेचर १८० एमएलको १२ बोतल बरामद गरिएको छ ।

यस्तै सिग्नेचर ३७५ एमएलको दुई बोतल, गोल्डेन ओक १८० एमएलको चार बोतल, ओल्ड दरबार रेगुलर १८० एमएलको तीन बोतल, ओल्ड दरबार रेगुलर ३७५ एमएलको एक बोतल, १८० एमएलको एटएटफोरएट ४१ बोतल, जारको भाँडामा रहेको रक्सी जस्तो तरल पदार्थ एक लिटर बरामद गरिएको छ ।

बरामद खरिएको समान तथा व्यक्तिहरूलाई आवश्यक कारवाहीका लागी आन्तरिक राजश्व कार्यालय भैरहवा रुपन्देहीमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८०, बुधबार  ८ : १८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको