२९ फाल्गुन २०८१, बिहिबार । March 14, 2025

नीति तथा कार्यक्रम र बजेटलाई एउटै दस्तावेज बनाउन सांसद वाग्लेको सुझाव



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले नीति तथा कार्यक्रम र बजेटलाई एकै दस्तावेजमा आधारित हुने गरी प्रस्तुत गर्न सुझाव दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ को नेपाल सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसद डा वाग्लेले सरकारको नीति तथा कार्यक्रम परम्परा धान्न ल्याइएको दस्तावेज भए पनि यसमा भएका राम्रा पक्षलाई कार्यान्वयनमा लान आवश्यक रहेको बताए । उनले नीति, नियत र क्षमतामा आधारित भएर विश्वासिलो बजेट ल्याउन आग्रह समेत गरेका छन् ।

बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद डा धवलशमशेर जबराले सुकुम्बासी समस्यालाई दीर्घकालीनरुपमा समाधान गर्र्ने र किसानलाई समयमा मलखाद उपलब्ध गराउने विषयलाई ध्यान दिन आग्रह गरे ।

जनता समाजवादी पार्टीका सांसद प्रकाश अधिकारीले नीति तथा कार्यक्रममा कुनै विषयलाई प्राथमिकता नदिइएको बरु कार्यक्रम छरिएर आएको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०८०, मंगलबार  १ : १२ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी

प्रचण्डको चेतावनी: प्रतिगामी शक्तिविरुद्ध जनतालाई सडकमा उतार्ने तयारी

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी

शैक्षिक परामर्श र नेपाल प्रहरीको सहयोग: सुरक्षित भविष्यको लागि नयाँ कदम

काठमाडौं । नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायी बीचको अन्तर्क्रिया

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ