२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

देश चलाउन सक्षम नेतृत्व चाहिन्छः महासचिव पोखरेल



काठमाडौं । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले देश चलाउन सक्षम नेतृत्व चाहिने बताएका छन् ।

चर्चाले मात्र मुलुक नबन्ने उल्लेख गर्दै उनले यसका लागि राजनीतिक विचार र नेतृत्व चाहिने बताए । प्रेस चौतारी दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा महासचिव पोखरेलले सरकारको नीति तथा कार्यक्रमले राष्ट्रिय समस्या सम्बोधन गर्न नसकेको आरोप लगाए ।

उनले भने, “सरकारले ल्याएको नीति तथा कार्यक्रममा सामाजिक, सांस्कृतिक र आर्थिक विषय ओझेलमा पारेको छ । बढ्दो आर्थिक सङ्कट, सांस्कृतिक हस्तक्षेप र सामाजिक विचलनका मुद्दालाई सरकारले ल्याएको नीति कार्यक्रमले छुन सकेको छैन ।” राजनीतिक अस्थिरता र सामाजिक अराजकतामाथि विजय हासिल गर्नेगरी कार्यक्रम आउनुपर्ने उनको भनाइ छ । “मुलुकमा आर्थिक मन्दीको अवस्था छ ।

व्यवसाय ठप्प छ । वित्तीय सङ्कट छ । नीति तथा कार्यक्रमले आशा जगाउन सकेन”, महासचिव पोखरेलले भने । मुलुकमा बलियो राष्ट्रिय शक्ति निर्माण गर्न राजनीतिक धुव्रीकरण आवश्यक भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  १ : २३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकलाई मेडिकल काउन्सिलको चेतावनी

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसार नगर्न चिकित्सकहरूलाई

Journalist for Justice Nepal Holds Solidarity Event for Venezuela

Kathmandu- Journalist for Justice Nepal organized a program titled “Journalist

एनपीएलः सन्दीप नायक ! विराटनगरको लगातार तेस्रो जित, जनकपुरको दोस्रो हार

काठमाडौं । कप्तान सन्दीप लामिछानेको धारिलो बलिङको मद्दतले विराटनगर किङ्सले

एनपीएलः जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै विराटनगर

काठमाडौं । जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले

एनपीएलः लुम्बिनीको सुखद् सुरुवात, चितवन ६ विकेटले पराजित

काठमाडौं । एनपीएलको दोस्रो संस्करणमा लुम्बिनी लायन्सले विजयी सुरुवात गरेको