६ आश्विन २०८३, मंगलबार । September 22, 2026

टिआरसी विधेयक निष्कर्षमा पुर्‍याउन उपसमिति गठन


५ जेष्ठ २०८०, शुक्रबार  

3
Shares

काठमाडौं । कानुन न्याय तथा मानवअधिकार समितिले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई निष्कर्षमा पुर्‍याउन उपसमिति गठन गरेको छ ।

समितिको आज बसेको बैठकले ११ सदस्य उपसमिति गठन गरेको हो । उपसमितिमा सांसद सुवासचन्द्र नेम्वाङ, महेशकुमार बर्तौला, रमेश लेखक, जीवन परियार, सुशीला थिङ, सन्तोष परियार, गोमा लाभ (सापकोटा), पूर्णबहादुर घर्ती, रन्जुकुमारी झा, धुव्रबहादुर प्रधान, शेरबहादुर कुँवर रहेको समितिका ज्येष्ठ सदस्य सभापति मङ्गलप्रसाद गुप्ताले जानकारी दिए ।

विधेयकका सम्बन्धमा संशोधनकर्ता तथा सरोकारवालासँग छलफल गरी दफावार छलफलसमेत गरेर उपसमितिले कार्यप्रारम्भ गरेको तीन साताभित्र समितिसमक्ष प्रतिवेदन पेस गर्न सभापतिले उपसमितिलाई निर्देशन दिएका छन् । बैठकमा सुवासचन्द्र नेम्वाङले विधेयकलाई निष्कर्षमा पुर्याउन सबै पक्ष एकताबद्ध हुन जरुर रहेको बताए । सांसद रमेश लेखकले विधेयकलाई निष्कर्षमा पुर्‍याउन उपसमितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भनी समितिमा उपसमिति गठन गर्ने प्रस्ताव गरेका थिए ।

पीडित, नागरिक समाज, मानवअधिकार आयोगलगायत सम्बन्धित आयोगसँग छलफल गरी कार्यलाई तीव्रता दिई निष्कर्षमा पुग्नुपर्ने उनको भनाइ छ । त्यस्तै सांसद सोबिता गौतमले न्याय दिनका लागि ढिलाइ गर्नु भनेको अन्याय गर्नु भएकाले राजनीतिक स्वार्थभन्दा बाहिर रहेर ऐतिहासिक जिम्मेवारीलाई निश्चित समयावधिमा निष्कर्षमा पुग्नुपर्ने बताइन ।

कानुन न्याय तथा संसदीय मन्त्रालयका सचिव धनराज ज्ञवालीले संशोधन विधेयकमा विज्ञ, सम्बन्धित सरोकारवाला निकायसँग छलफल गरेमा प्रभावकारी हुने बताउँदै समितिका सदस्यको छिट्टै निष्कर्षमा पुर्‍याऔँ भन्ने सहमति एकताबद्धको सन्देश रहेको बताए । बैठकमा सदस्यहरूले ऐनअन्तर्गतका आयोगले गरेको कार्यमा मूल्याङ्कन गर्नुपर्ने, संशोधन विधेयक पीडित र सरकार पक्षबीच सन्तुलन गराउनुपर्ने, विगतका कार्यको समीक्षा र अध्ययन गर्नुपर्ने, आगामी योजनामा सम्बन्धित आयोगको प्रभावकारिताका लािग जनशक्ति, बजेट व्यवस्थापन गर्नुपर्ने विषय समितिमा उठान भएको थियो ।

त्यस्तै विगतमा शान्ति प्रक्रियामा सफल भएका विषयलाई मनन् गरी यस विषयले प्राथमिकताकामा राख्नुपर्ने, अन्तर्राष्ट्रियस्तरका युद्ध, द्वन्द्व समाधानका प्रयासलाई अध्ययन गर्नुपर्नेलगायतका विषयमाथि छलफल गरी सबै समिति सदस्यले संशोधन विधेयक छिट्टै निष्कर्षमा पुग्नुपर्नेमा जोड गरेका छन् ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ३ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

‘राइड फर नेपाल’ अभियानमार्फत उबरले बाढी प्रभावितलाई ५० लाख सहयोग गर्ने

काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा

अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध

काठमाडौं । अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको सन् २०२६–२७ का लागि

जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौँ’ को नयाँ आउटलेट

काठमाडौंको जडीबुटीमा सोफा स्टोर काठमाडौँ को नयाँ आउटलेट उद्घाटन गरिएको

बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड

काठमाडौं  । बालबालिकाको सामाजिक तथा मनोवैज्ञानिक विकाससँगै नेतृत्व क्षमता अभिवृद्धि

असोज ३ गते पाटनमा रहेका दशमहाविद्या परिक्रमा गरिँदै

काठमाडौँ। असोज ३ गते पाटनमा रहेका दशमहाविद्या पुजा र परिक्रमा