३० फाल्गुन २०८१, शुक्रबार । March 14, 2025

बिहिबार नेप्से परिसूचक ३२ दशमलव ३० अङ्कले वृद्धि



काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३२ दशमलव ३० अङ्कले बढेर एक हजार आठ सय ७७ दशमलब ३२ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पाँच दशमलव २३ अङ्कले उकालो लागेर तीन सय ५८ दशमलब १८ मा पुगेको छ । कारोबार भएका कूल १३ वटै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ । कूल ४४ लाख २२ हजार एक सय ८६ कित्ता शेयर रु एक अर्ब ४७ करोड ४७ लाख ६५ हजार तीन सय ८८ मूल्यमा खरिद बिक्री भएका छन् ।

कारोबारका आधारमा नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको रु आठ करोड ६३ लाख ४८ हजार चार सय ३६ बराबरको कारोबार भएको छ । शिवम् सिमेन्ट रु सात करोड ११ लाख १० हजार चार सय ८०, एनआइसी एशिया बैंक रु छ करोड ७६ लाख ७१ हजार सात सय ७६, एभरेष्ट बैंक रु तीन करोड ५९ लाख ८४ हजार र नागरिक लगानी कोष रु तीन करोड ४५ लाख २१ हजार बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, हिमालयन ऊर्जा विकास कम्पनी र आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । यस्तै, शिव श्री हाइड्रोपावर आठ दशमलब १४, गणपति लघुवित्त सात दशमलब ८३ र श्वेत गङ्गा हाइड्रोपावरको शेयर मूल्य सात दशमलव शून्य चार प्रतिशतले बढेको छ ।

त्यस्तै, एनआइबीए ग्रोथ फण्ड तीन दशमलब १४, हिमालयन बैंकको ऋणपत्र एक दशमलब ९९, एनएमबी पचास एक दशमलब एक दशमलब ९६, सामुदायिक लघुवित्त एक दशमलब ९६ र किसान लघुवित्तको शेयर मूल्य एक दशमलव ९१ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८०, बिहिबार  ६ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कपिलवस्तु ११ ले जित्यो पहिलो सुनगाभा गोल्डकप फुटबल प्रतियोगिता

सैनामैना । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा आयोजित पहिलो सुनगाभा

नयागाउँ खानेपानी संस्थामा नयाँ नेतृत्व: मीना घर्ती (जीसी) अध्यक्षमा विजयी

बुटवल । नयागाउँ खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा कांग्रेसकी

प्रचण्डको चेतावनी: प्रतिगामी शक्तिविरुद्ध जनतालाई सडकमा उतार्ने तयारी

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगामी

शैक्षिक परामर्श र नेपाल प्रहरीको सहयोग: सुरक्षित भविष्यको लागि नयाँ कदम

काठमाडौं । नेपाल प्रहरी र शैक्षिक परामर्श व्यवसायी बीचको अन्तर्क्रिया

सुनको मूल्य सामान्य बढ्यो, चाँदी पनि बढ्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको भाउ सामान्य बढेको छ