१२ असार २०८३, शुक्रबार । June 26, 2026

तिब्बती महिलामाथि भेदभाव गरेको आरोप


२ जेष्ठ २०८०, मंगलबार  

3
Shares

एजेन्सी । तिब्बती महिलाहरूको अवस्थालाई लिएर चिन्तित महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय समिति (सिइडिएडब्ल्यु)ले चीनलाई प्रश्न गरेको छ ।

सिइडिएडब्ल्यु महासन्धिका प्रावधान कार्यान्वयनको जिम्मेवारीमा रहेको उक्त समितिले न्युयोर्कमा हालै सम्पन्न बैठकमा तिब्बती महिलाका अधिकार तथा हितका बारेमा गहिरो चासो व्यक्त गरेको तिब्बत अधिकार समूह तिब्बत राइट्स कलेक्टिभले जनाएको छ । तिब्बतमा बस्ने महिलाको लैङ्गिक समानता, स्वास्थ्य सेवा तथा शैक्षिक पहुँच, राजनीतिक संलग्नता, धार्मिक एवम् सांस्कृतिक अधिकार संरक्षणलगायत विषयमा चीन सरकारसँग जवाफ मागेको छ । गत साता भएको उक्त बैठकमा महिला हकअधिकार संरक्षणसम्बन्धी तिब्बत ब्युरो र तिब्बती महिला सङ्घले तिब्बतमा महिलाले झेल्नुपरेका समस्याबारे जानकारी दिएका थिए ।

बैठकमा ती संस्थाका प्रतिनिधिले महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी अन्तरराष्ट्रिय महासन्धिको कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । मानवअधिकार समूहले उठाएका विषयमा चीन सरकारका तर्फबाट समितिलाई जवाफ दिँदै सिइडिएडब्ल्युका प्रतिनिधिले लैङ्गिक समानता सुनिश्चित गर्न, तिब्बती महिलाको अवस्थामा सुधार ल्याउन, महिला अधिकार सुदृढ तुल्याउन तथा उनीहरूलाई थप अधिकार दिने प्रयास भइरहेको बताएका थिए । तिब्बत राइट्स कलेक्टिभले तिब्बती महिलाका समस्या समाधानमा गम्भीर हुन चीन सरकारलाई आह्वान गर्दै उनीहरूका सीमित आर्थिक विकल्पका साथै सांस्कृतिक एकीककरण, समानताको सुनिश्चिततातर्फ ध्यानाकर्षण गराएको छ ।

चिनियाँ प्रतिनिधिले तिब्बती महिलाको शिक्षा, स्वास्थ्य सेवा, गरिबी निवारण र रोजगारीका अवसर प्रदान गर्नाका साथै भेदभाव रोक्न सरकार प्रतिबद्ध रहेको बताएका थिए । मानवअधिकार संरक्षण तथा भेदभावविरुद्ध चिनियाँ सरकार गम्भीर नबनेको आरोपका कारण बेलाबेलामा विश्वमञ्चमा तिब्बत चर्चामा आउने गरेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  ९ : ३१ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर